चीनको चिप निर्माता एसएमआईसीले ८.८७ अर्ब अमेरिकी डलर लगानीमा नयाँ प्लान्ट लगाउने

  • Technology Khabar | २० भाद्र २०७८, आईतवार
चीनको चिप निर्माता एसएमआईसीले ८.८७ अर्ब अमेरिकी डलर लगानीमा नयाँ प्लान्ट लगाउने

काठमाडौं ।

चीनको सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ्ग इन्टरनेशनल कर्पोरेशन (एसएमआईसी) ले ८.८७ अर्ब अमेरिकी डलर लगानी गरेर शंघाईमा एक चिप प्लान्ट निर्माण गर्ने भएको छ। बेइजिङ्गले  यस क्षेत्रमा स्वतन्त्रता बढाउन जोड दिईरहेको समयमा विश्वव्यापी चिपको अभावमा क्षमता विस्तार गर्ने यसले शुक्रबार बताएको छ।

चीनको सबैभन्दा ठूलो चिपमेकरको विस्तार अटोमोटिभ र इलेक्ट्रोनिक्स उद्योगहरुमा चिपको कमी देखिँदा ताइवान सेमीकण्डक्टर म्यानुफ्याक्चरिङ्ग कर्प लिमिटेड र ग्लोबलफाउन्ड्रीज जस्ता फर्महरुद्वारा नयाँ क्षमता योजनाहरुलाई प्रोत्साहित गर्ने क्रममा आएको हो।

एसएमआईसीले चीनको व्यापार केन्द्र पुडोङ्ग जिल्लाको लियाङ्ग फ्रि ट्रेड जोन (एफटीजेड) मा मासिक १० हजार ओटा क्षमताको १२ इन्च वेफर्सको उत्पादन लाइन निर्माण गर्न सहमत भएको जनाएको छ।

एसएमआईसीको स्वामित्वमा रहेको ज्वाइन्ट भेन्चरद्वारा समर्थित यस योजना एकीकृत सर्किट फाउन्ड्री र टेक्नोलोजी सेवाहरुमा २८ नानोमीटर र माथिको प्रोसेस नोड्समा केन्द्रित हुनेछ ।

संयुक्त उद्यम साझेदार लियाङ्ग फ्रि ट्रेड जोन (एफटीजेड) हो, र कम्पनीले ५.५ अर्ब डलरको पन्जिकृत पूंजीका साथ फर्ममा अन्य लगानीकर्ताहरु खोजी गर्ने बताएको छ।

एसएमआईसीलाई चीनको चिप फण्डको सहयोग रहेको छ । एजेन्सी

प्रकाशित: २० भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...