
काठमाडौं ।
जसरी एप्पल प्रयोगकर्ताहरु एयरड्रप (AirDrop) को मद्दतबाट एउटा आईफोनबाट अर्को आईफोनमा फाइल साझा गर्न पाउँछन्। गुगलले पनि एयरड्रपको जस्तै फिचर एन्ड्रोइड स्मार्टफोनको लागी नियरबाई शेयर (Nearby Share) नाममा ल्याएको छ।
यो सुविधा गुगलले २०१९ मा उपलब्ध गराएको थियो, यद्यपि आज पनि धेरैजसो एन्ड्रोइड प्रयोगकर्ताहरु यो सुविधाको बारेमा अनभिज्ञ छन् र उनीहरु एउटा एन्ड्रोइड फोनबाट अर्को एन्ड्रोइड फोनमा फाइलहरु शेयर गर्न तेस्रो पक्षिय एप्स आदिको उपयोग गर्छन्।
डाटा सुरक्षा तेस्रो पक्षिय एपहरुका साथमा एक चिन्ताको विषय भएको छ। यस्तो स्थितिमा, नियरबाई शेयर फिचरले एन्ड्रोइड फोनमा यस्तो चिन्ताबाट मुक्त राख्नका लागी काम गर्दछ। नियरबाई शेयर सुविधाको माध्यमबाट, तपाईँ सजिलैसँग एक एन्ड्रोइडबाट अर्को एन्ड्रोइडमा फाइलहरु साझा गर्न सक्नुहुन्छ।
यदि तपाईँले अझै यो सुविधाको उपयोग गर्नुभएको छैन भने तुरुन्तै तपाइँको फोनमा तेस्रो पक्षिय साझेदारी एप अनस्टल गर्नुहोस् र तल उल्लेखित चरणहरुको पालन गरेर नियरबाई शेयर फिचरको फाइदा उठाउनुहोस्।
नियरबाई शेयर (Nearby Share) सुविधा एन्ड्रोइड ६.० वा माथिको एन्ड्रोइड संस्करणका साथ आउँछ। यो सुविधा लगभग सबैको फोनमा पहिले नै राखिएको हुन्छ। यदि तपाइँँले अझै यो सुविधाको उपयोग गर्नुभएको छैन भने सबैभन्दा पहिले यो तपाइँको एन्ड्रोइड फोनमा कहाँ रहन्छ भन्ने थाहा पाउनुहोस्।
नियरबाई शेयर: कसरी प्रयोग र फाइलहरु हस्तान्तरण गर्ने
प्रकाशित: १९ भाद्र २०७८, शनिबार