एप्पलले विद्युतीय कार उत्पादनका लागि टोयोटासँग साझेदारी गर्न सक्ने

  • Technology Khabar | १८ भाद्र २०७८, शुक्रबार
एप्पलले विद्युतीय कार उत्पादनका लागि टोयोटासँग साझेदारी गर्न सक्ने

काठमाडौं ।

एप्पलले विद्युतीय सवारी निर्माणका लागि टोयोटासँग साझेदारी गर्नसक्ने बुझिएको छ।

केही समयदेखि आफ्नै ब्रान्डमा विद्युतीय कार निर्माणका लागि विभिन्न निर्माताहरुसँग छलफलमा रहेको एप्पलले टोयोटासँग पनि साझेदारी गर्न सक्ने सम्भावना देखिएको छ।

कम्पनीले सन् २०२४ बाट उत्पादन शुरु गर्नेगरी टोयोटासँग सम्झोता गर्नसक्ने समाचारमाध्यम गिज्मोचाइनाले उल्लेख गरेको छ।

डिजिटाइम्सले म्याकरुमर्सलाई उद्धृत गर्दै ल्याएको रिपोर्टमा एप्पलले दक्षिण कोरियाको एसके ग्रुप तथा एलजी इलेक्ट्रोनिक्ससँग पनि भेटघाट गरेको र अर्को सम्भाव्य साझेदारका रुपमा टोयोटासमक्ष गएको जनाइएको छ।

एप्पलले विद्युतीय सवारी बनाउन लागेको चर्चा निकै अघिदेखि चले पनि स्मार्टफोन कम्पनीले गाडी बनाउने कुरा त्यति सहज नभएकाले उसले भरपर्दो आपूर्ति श्रृङ्खलाका लागि निर्माता साझेदार खोजिरहेको बुझिएको छ।

चाखलाग्दो कुरा त के छ भने हालै आएका रिपोर्टहरुले संकेत गरे अनुसार एप्पलले अमेरिकामा आफैंले विद्युतीय सवारीका लागि ब्याट्रीको विकास गर्ने र ब्याट्रीको मूल्य घटाएर विद्युतीय सवारीको उत्पादन श्रृङ्खला बढाउने योजना बनाएको बुझिएको छ।

प्रकाशित: १८ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार