सामसङ इन्टरनेट ब्राउजरको नयाँ बिटा भर्सन उपलब्ध, सेक्युरिटी र एड्रेस बारमा सुधार

  • Technology Khabar | १८ भाद्र २०७८, शुक्रबार
सामसङ इन्टरनेट ब्राउजरको नयाँ बिटा भर्सन उपलब्ध, सेक्युरिटी र एड्रेस बारमा सुधार

काठमाडौं ।

हालै उपलब्ध सामसङ इन्टरनेट ब्राउजरको बिटा भर्सनले सेक्युरिटी तथा एड्रेसबारमा निकै सुधार ल्याएको बताइएको छ।

सामसङ इन्टरनेट ब्राउजर क्रोमियममा आधारित छ भने यसले एड ब्लकरलगायतका एड अनहरु सपोर्ट गर्छ।

यसबाहेक यसको यूजर इन्टरफेस पनि कस्टमाइज गर्न सकिन्छ।

यसको डेभलपर टोली हाल यसको भर्सन १६ को विकासमा लागिरहेका छन्। भर्सन १६ले ब्राउजरको कोर इन्टरफेसमा निकै सुधार ल्याउने अपेक्षा गरिएको छ।

१x१ पिक्सेल साइजका यी तस्बिरहरु अदृश्य हुन्छन् तर यिनीहरुले तेस्रो पक्षका सर्भरलाई यूजरले चलाएका वेब पेजहरु ट्र्याक गर्न मद्दत गर्छ।

यसबाहेक एड्रेस बारमा सुधार आएको छ। यसले डाटालाई निम्न क्रममा देखाउँछ:

  • एन्सर सजेसन ( जस्तै, वेदर शब्द खोज्दा मोसम पूर्वानुमान देखाउने)
  • रिलेटेड सर्च सजेसन (अघिल्ला खोजीसँग सम्बन्धित सुझाव देखाउने)
  • सजेशन फ्राम यो बुकमार्क्स एन्ड हिस्ट्री ( बुकमार्क र हिस्ट्री अनुसारका सामग्री सुझाउने)

प्रकाशित: १८ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...