काठमाडौं ।
भिभोले आफ्नो नयाँ एक्स७० सिरिजका स्मार्टफोन अर्को हप्ता सार्वजनिक गर्ने भएको छ।
यो सिरिजको एक्स७० प्रो+ भेरियन्टमा भिभोको भी१ आईएसपी तथा क्वालकम स्न्यापड्रागन ८८८+ चिपसेट रहने बुझिएको छ। यसबाहेक हालै प्रो+ भन्दा अलि कम स्तरको प्रो भर्सनको विवरण हालै टीनामा सार्वजनिक भएको छ।
टीनामा सूचीकृत भए अनुसार भिभो एक्स७० प्रो मा २.८ गिगाहर्जको सीपीयू रहने र यो स्न्यापड्रागन ८८८ वा एक्जिनोस १०८० मध्ये एउटा हुने आकलन गरिएको छ।
यसमा ६.५६ इन्चको फुल एचडी एमोलेड डिस्प्लेका साथमा ३२ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ।
पछाडि ५० मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअपका साथमा पेरिस्कोप लेन्स पनि उपलब्ध रहेको छ।
यसबाहेक पावरका लागि ४३८० एमएएच ब्याट्री, ८ तथा १२ जीबी र्याम रहनेछ भने आन्तरिक स्टोरेज ती भरेरियन्टको हुने बुझिएको छ। यसमा ४४ वाट फास्ट चार्जिङ सपोर्ट रहने बताइएको छ।
प्रकाशित: १८ भाद्र २०७८, शुक्रबार