राष्ट्र बैंकले सञ्चालनमा ल्यायो आधिकारिक ट्विटर एकाउन्ट

  • Technology Khabar | १७ भाद्र २०७८, बिहीबार
राष्ट्र बैंकले सञ्चालनमा ल्यायो आधिकारिक ट्विटर एकाउन्ट
फाइल

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक ट्विटर एकाउन्ट सञ्चालन ल्याएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार आफ्नो ट्विटर एकाउन्ट मार्फत केन्द्रिय बैंकको पनि ट्विटर एकाउन्ट खोलिएको जानकारी दिएका हुन् ।

बिहीबार ट्विटर गर्दै  गभर्नर अधिकारीले भने, ‘सामाजिक सञ्जाल सम्बन्धि नीति पारित भएसँगै नेपाल राष्ट्र बैंकको ट्विटर एकाउन्ट खोलिएको छ।यसबाट सूचना सम्प्रेषण गर्न र पृष्ठपोषणमा सहयोग मिल्ने अपेक्षा गरिएको छ ।’

यसअघि पनि राष्ट्र बैंकको छुट्टै ट्विटर एकाउन्ट थियो तर सो एकाउन्ट लामो समयदेखि निष्क्रिय रहँदै आएको थियो ।

नयाँ एकाउन्टबाट राष्ट्र बैंकले आफ्ना आधिकारीक जानकारीहरु शेयर गर्नेछ । सो एकाउन्ट जुलाई २०२१ मा खुलेको हो र हालसम्म त्यसमा १८ सय भन्दा धेरै फलोअर छन भने गर्भनर अधिकारीको एकाउन्टलाई मात्र फलो गर्दै आएको छ ।

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया