
काठमाडौं ।
विश्वभर साइबर आक्रमण दैनिकरुपमा भईरहेको समाचारहरु आईरहेका छन् । अझ कोरोना भाइरस महामारीले मानिसहरु घरबाटै सबै काम गरिरहेको समयमा ह्याकरहरु झनै सक्रिय हुँदै आएका छन् ।
ह्याकरहरुले सबैभन्दा सजिलो उपाय ईमेलमार्फत ह्याक गर्ने प्रयास गर्दछन् ।
ह्याकरहरुले ईमेलमार्फत मालवेयर, स्पाम र फिशिंग आक्रमणको प्रयास गर्ने गर्दछन् । किनकी ईमेलमार्फत प्रयोगकर्तालाई सजिलै पठाएर आकर्षित गर्न सकिन्छ ।
ह्याकरहरुले पठाउने त्यस्ता ईमेलहरुबाट कसरी बच्ने र सुरक्षाका उपायहरु अपनाउन सकिन्छ भनेर दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सचेत गराएको छ ।
साइबर सुरक्षा सचेतनाअन्तरगत कसरी ईमेलको सुरक्षा गर्ने र साइबर अपराधीहरुबाट बच्न सकिने भनेर जानकारी दिएको छ ।
हेर्नुस बिस्तृतमा
CS-Advisory-Email-Securityप्रकाशित: १७ भाद्र २०७८, बिहीबार