अफगानिस्तान छोड्न १७५ स्थानीयलाई मद्दत गरेको फेसबुकको दावी

  • Technology Khabar | १७ भाद्र २०७८, बिहीबार

काठमाडौं ।

फेसबुकले अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि १७५ स्थानीयलाई देश छोड्न सहयोग गरेको दावी गरेको छ।

कम्पनीले उक्त दावी अन्तरराष्ट्रिय समाचार संस्था बीबीसीलाई समक्ष कुराकानीका क्रममा गरेको हो।

कम्पनीले त्यतिबेला आफ्ना केही कर्मचारी पनि मेक्सिकी सिटीका लागि तयार विमानमा रहेका बताएको छ। मेक्सिको सरकारले उक्त उडानमा ७५ जना बालबालिकासहित अभियन्ता, पत्रकार तथा उनीहरुका परिवारका सदस्यहरु रहेका पुष्टि गरेको छ।

विभिन्न बहुराष्ट्रिय कम्पनीका कर्मचारीहरु अफगानिस्तान छोड्ने क्रममा नै रहेका छन्।

‘फेसबुकका कर्मचारी र नजिकका व्यक्तिहरुलाई अफगानिस्तानबाट उडाउने क्रममा गम्भीर समस्यामा रहेका पत्रकार तथा उनीहरुका परिवारका सदस्यलाई हामीले स्थान दिएर सहयोग गर्यो’, फेसबुकका प्रवक्ताले बीबीसीलाई बताए।

कम्पनीले मेक्सिको सरकार तथा यूएई सरकारलाई सहयोग र ती उद्धार गरिएका पत्रकारलाई मेक्सिकोमा शरण दिएकोमा धन्यवाद पनि व्यक्त गरेको छ।

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया