चिनियाँ कम्पनी शाओमीले विद्युतीय सवारी ल्याउने, व्यावसायिक दर्ता प्रक्रिया पूरा

  • Technology Khabar | १७ भाद्र २०७८, बिहीबार
चिनियाँ कम्पनी शाओमीले विद्युतीय सवारी ल्याउने, व्यावसायिक दर्ता प्रक्रिया पूरा

काठमाडौं ।

चिनियाँ स्माटफोन जायन्ट शाओमी कर्पले आफ्नो विद्युतीय सवारीको व्यावसायिक दर्ता प्रक्रिया पूरा गरेको बताएको छ।

बुधबार यस बारेमा आधिकारिक जानकारी दिँदै कम्पनीले आफ्नो व्यावसायिक यात्रा अब स्मार्टफोनबाट अटोमोटिभतर्फ पनि शुरु भएको बताएको हो।

यो नयाँ विद्युतीय गाडी एकाइलाईलाई शाओमी ईभी इंक भनिने र यो १० अर्ब युआन अर्थात् लगभग १ अर्ब ५५ करोड डलरको दर्तापुँजीसहित खोलिएको हो। शाओमीका सीईओ यो एकाइका लागि कानुनी प्रतिनिधिका रुपमा रहेको पनि कम्पनीले जानकारी दिएको छ।

यो ईभी यूनिटका लागि हालसम्म ३ सय जना कर्मचारीहरु भर्ना गरिसकिएको र कम्पनीले अरु क्षमतावान् कर्मचारीहरु भर्ना लिँदै जाने पनि बुझिएको छ।

यो वर्षको दोस्रो त्रैमासमा सामसङलाई उछिन्दै विश्वकै सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने सूचीको दोस्रो नम्बरमा पुगेको शाओमीले गत मार्चमा आफूले विद्युतीय कार बनाउने र यसका लागि आगामी १० वर्षभित्र १० अर्ब डलर बराबरको लगानी गर्ने बताएको थियो।

सीईओ लेइले यो विद्युतीय सवारी आफ्नो व्यावसायिक परियोजनाको मुख्य र अन्तिम परियोजना हुने पनि उल्लेख गरे।

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

EU warns Meta it must open up WhatsApp to rival AI chatbots

  • Technology Khabar
  • १७ भाद्र २०७८, बिहीबार