ट्राफिक जरिवाना रकम अब क्‍यूआर कोड स्क्यान गरेर तत्काल भुक्तानी गर्न सकिने

  • Technology Khabar | १७ भाद्र २०७८, बिहीबार
ट्राफिक जरिवाना रकम अब क्‍यूआर कोड स्क्यान गरेर तत्काल भुक्तानी गर्न सकिने

काठमाडौं ।

ट्राफिक नियम उल्लंघन गर्दा हुने जरिवाना रकम अब चालकले क्‍यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवानालाई क्‍यूआर कोडबाट पनि भुक्तानी लिनेगरि नयाँ प्रणाली विकास र सञ्चालनमा ल्याएको छ ।

सो सफ्टवेयर सिस्टम सञ्चालनमा आएसँगै चालकहरुले ट्राफिक प्रहरीलाई बुझाउनुपर्ने रकम क्युआर कोडबाट सिधै तिर्न सक्नेछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहिबारदेखि एक कार्यक्रमका बिच सो नयाँ प्रविधिसहितको प्रणाली शुरु गर्ने भएको हो।

क्युआर कोडबाट भुक्तानी गर्नको लागि ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई क्युआर कोडसहितको जरिवाना पुर्जी दिनेछ। सोही पुर्जीमा रहेको क्युआर कोडलाई स्क्यान गरेर चालकले सिधै जरिवाना भुक्तानी गर्न सक्नेछ।

यसको अर्थ जरिवाना तिर्नुपर्ने सवारी चालकले पुर्जी पाउने बित्तिकै सोही स्थानबाट क्यूआर कोड स्क्यान गरेर नै सरकारी राजस्व तिर्न सक्नेछन्।

जरिवाना तिर्नका लागि यसअघि बैंकमा जानुपर्नेमा वा मोबाइल वालेटमार्फत भुक्तानी गर्न सकिने सुबिधा थियो भने अब क्यूआर कोडमार्फत समेत तत्काल मोबाइलबाटै भुक्तानी गर्न सकिनेछ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसअघि नै अनलाइन प्रविधिमार्फत हराएका सवारीहरुको उजुरी अनलाइनमार्फत ट्राफिक कक्षा मोबाइल वालेटमार्फत भुक्तानी लगायतका प्रविधिहरु अपनाईसकेको छ।

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार