
काठमाडौं ।
अप्ठेरो किसिमले रिडिजाइन गरिएका कारण एपल वाच सिरिज ७ को उत्पादमा समस्या आएको बताइएको छ।
एप्पलका पारखीहरु आगामी सेप्टेम्बरमा हुने एप्पल इभेन्टको व्यग्र रुपमा प्रतिक्षा गरिरहँदा निक्केइ एसियाले यस्तो जानकारी बाहिर ल्याएको हो।
यो खबरले एप्पल वाचका उपभोक्तालाई केही निराश बनाएको छ। एप्पल वाच सिरिज ७ को उत्पादनसँग सम्बद्ध स्रोतलाई उद्धृत गर्दै निक्केइ एसियाले आफ्नो रिपोर्टमा पुनट्ठ डिजाइन गरिएको हार्डवयरले उत्पादनमा ढिलाइ भइरहेको उल्लेख गरेको छ।
एप्पलले सामान्यतया एप्पल वाचमा मुख्य अपडेट सेप्टेम्बरमा रिलिज गर्ने गर्छ। गत वर्ष भने कोरोनाका कारण केही ढिला भएको थियो। तर यो पटक सेप्टेम्बरमै रिलिज गर्ने तयारी भइरहँदा उत्पादनमा ढिलाइ भएको बुझिएको हो।
नयाँ एप्पल वाच डिजाइनबाट यसको केसको आकार आईफोन १२ र आईप्याड प्रो जस्तै देखिने बुझिएको छ।
एप्पलले भने तत्कालका लागि एप्पल वाच सिरिज ७ को उत्पादन बन्द नै गरिएको ९टू५म्याकमा उल्लेख गरिएको छ।
प्रकाशित: १६ भाद्र २०७८, बुधबार