एक्यूरेट ब्रान्डको नयाँ हेडफोन ‘एएचपी ०१ स्टेरियो ब्लुटुथ स्पिकर’ सार्वजनिक

  • Technology Khabar | १६ भाद्र २०७८, बुधबार
एक्यूरेट ब्रान्डको नयाँ हेडफोन ‘एएचपी ०१ स्टेरियो ब्लुटुथ स्पिकर’ सार्वजनिक

काठमाडौं ।

एक्यूरेट ब्रान्डले नेपाली बजारमा नयाँ हेडफोन ‘एएचपी ०१ स्टेरियो ब्लुटुथ स्पिकर’ सार्वजनिक गरेको छ।

वायर फ्रि डिजाइन भएको ‘एएचपी ०१ स्टेरियो ब्लुटुथ स्पिकर’ मा उच्च गुणस्तर अडियो छ। यसको डिजाइनकै कारण उपभोक्तालाई सहजरुपमा फिट हुने कम्पनीले जनाएको छ।

यसमा बिल्ट–इन माइक्रोफोन भएकोले स्पिकरको रुपमा पनि काम गर्नेछ। ब्लुटुथ ४.२ संस्करणसहितको यो हेडफोनमा ३०० एमएएचको ब्याट्री क्षमता छ। यसलाई पूरा चार्ज गर्न दुईघण्टा मात्र लाग्ने छ भने यसले ५ घण्टासम्मको प्ले ब्याक समय दिनेछ।

साथै ‘एएचपी ०१ स्टेरियो ब्लुटुथ स्पिकर’मा भोल्यूम कन्ट्रोल, स्विच सङ्स, फोन उठाउने वा राख्ने र रिडाइल गर्न मिल्ने एक्यूरेट ब्रान्डले बताएको छ।

बजारमा यो हेडफोनको मूल्य १ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ।

प्रकाशित: १६ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार