विन्डोज ११ आगामी अक्टोबर ५ देखि आधिकारिक रुपमा उपलब्ध हुने

  • Technology Khabar | १६ भाद्र २०७८, बुधबार
विन्डोज ११ आगामी अक्टोबर ५ देखि आधिकारिक रुपमा उपलब्ध हुने

काठमाडौं ।

महिनाैंसम्मको उतारचढावपछि विन्डोज ११ सार्वजनिक हुने आधिकारिक मिति तय भएको छ।

माइक्रोस्फटले हालै विन्डोज ११ आगामी अक्टोबर ११ मा सार्वजनिक हुने आधिकारिक घोषणा गरेको हो।

अक्टोबर ५ मा उपलब्ध हुने भर्सन विन्डोज १० बाट अपग्रेड गरेकाहरु तथा यो अपरेटिङ सिस्टम इन्सटल गरिएका नयाँ पर्सनल कम्प्युटर दुवैका लागि हुने बताइएको छ।

अक्टोबर ५ बाट शुरु हुने भए पनि सबैले त्यही दिन अपडेट भने उपलब्ध हुनेछैन। यो क्रमश: हुने भएकाले नयाँ हार्डवयर भएका तथा भरपर्दा र डिभाइसको बनेको समयका आधारमा कम्पनीले नै कुनमा पहिले अपग्रेड गर्ने भन्ने निर्क्योल गर्नेछ।

यो अपडेटका लागि योग्य सबै डिभाइसमा आगामी सन् २०२२ को मध्यसम्ममा विन्डोज ११ अपडेट भइसक्ने कम्पनीले जनाएको छ।

यसमा एसर, असुस, डेल, एचपी, लेनोभो, सामसङ र माइक्रोसफ्टका विन्डोज १० राखेर नयाँ बिक्री भएका मोडलहरुले विन्डोज ११ अपडेटका लागि बढी ग्राह्यता पाउनेछन्।

प्रकाशित: १६ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार