अमेजन संगीतमा ध्यान केन्द्रित गर्दै प्रत्यक्ष अडियो क्षेत्रमा प्रवेश गर्नसक्ने

  • Technology Khabar | १६ भाद्र २०७८, बुधबार
अमेजन संगीतमा ध्यान केन्द्रित गर्दै प्रत्यक्ष अडियो क्षेत्रमा प्रवेश गर्नसक्ने

काठमाडौं ।

अमेजनले लाइभ अडियो यात्रामा नयाँ कम्पनी हुन सक्ने संभावना देखिएको छ, यद्यपि यो तपाइँको अपेक्षा भन्दा फरक हुनसक्नेछ। एक्सिओसले हालै स्रोतहरुलाई उल्लेख गर्दै अमेजन एक प्रत्यक्ष अडियो अर्थात लाइभ अडियो एपमा काम गरिरहेको जनाएको छ । सो एप क्लबहाउस भन्दा फरक स्पोटीफाईको जस्तै संगीतमा फोकस हुनेछ र यसमा कन्सर्ट र अन्य इभेन्टहरु सहित आउनेछ।

कम्पनीले कथित रूपमा पोडकास्ट र टक रेडियोलाई एक्सटेन्सनको रूपमा विचार गरिरहेको छ, तर अमेजन म्यूजिकले परियोजनाको नेतृत्व गर्नेछ।

इन्टरनेट जायन्टले ट्विचमा पनि प्रत्यक्ष अडियो निर्माण गर्ने आशा गरिएको छ। स्रोतले यो कसरी वा कहिले आउन सक्छ भनेर बताएको छैन।

यदि अमेजन लाइभ अडियो क्षेत्रमा गएको खण्डमा यो आश्चर्यजनक हुनेछैन्। अमेजनले भर्खरै म्यूजीक एपमा ट्विच स्ट्रिमलाई एकीकृत गरेको छ, र फर्मको सन् २०२० मा पोडकास्ट सदस्यता व्यापार वन्डीरीको अधिग्रहणले अडियो क्षेत्रमा थप डुब्ने एक संम्भावना देखाएको इन्ग्याजेटले उल्लेख गरेको छ।

आगामी दिनमा अमेजनको नयाँ व्यवसायमा हालका स्पोटीफाइ, ट्विटर स्पेस र फेसबुकको अडियो रुम्स सबै एक खतरा हुन सक्छ, तर यसमा क्लबहाउस पर्दैन्।

प्रकाशित: १६ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...