एलजी डिस्प्लेलाई भियतनामको फ्याक्ट्रीमा १ अर्ब ४० करोड डलर लगानी थप्न इजाजत

  • Technology Khabar | १५ भाद्र २०७८, मंगलवार
एलजी डिस्प्लेलाई भियतनामको फ्याक्ट्रीमा १ अर्ब ४० करोड डलर लगानी थप्न इजाजत

काठमाडौं ।

भियतनामले दक्षिण कोरियाली एलजी डिस्प्ले कम्पनीलाई हाइफोङको उत्तरी बन्दरगाह सँगैको शहरमा १ अर्ब ४० करोड डलर लगानी बढाउन इजाजत दिएको छ।

मंगलबार शहरको जनसमितिले यस्तो निर्णय भएको जानकारी गराएको हो।

यो नयाँ लगानीले एलजी डिस्प्ले कम्पनीको हाइफोङमा रहेको फ्याक्ट्रीमार्फत् उत्पादन हुने ओइलईडी डिस्प्लेको सङ्ख्या प्रति महिना १ करोड ३० लाख देखि १ करोड ४० लाख थानसम्म पुग्ने बुझिएको छ। हाल यो सङ्ख्या मासिक ९६ देखि १ करोड १ लाखसम्म रहेको उक्त समितिले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

अहिले इजाजत पाएको थप १ करोड ४० लाख डलरसमेत गरेर भियतनाममा एलजी डिस्प्लेको लगानी ४ अर्ब ६५ करोड पुग्ने रोयटर्सले उल्लेख गरेको छ।

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले यसबारेमा थप जानकारी लिन खोज्दा कम्पनीले कुनै प्रतिक्रिया नदिएको बताइएको छ।

थप लगानीले भियतनामको उक्त शहरमा १० हजारको हाराहारीमा रोजगारी सिर्जना गर्ने र निर्यातमार्फत् वार्षिक साढे ६ अर्ब डलर संकलन गर्ने आँकडा रहेको समितिले जनाएको छ।

एजेन्सीका साथमा

प्रकाशित: १५ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार