काठमाडौं ।
चिनियाँ कम्पनी रियलमीको नार्जो ५०ए स्मार्टफोनले ईईसी सर्टिफिकेट प्राप्त गरेको छ। ईईसीको मतलब यूरेसियन इकोनोमिक कमिसन हो।
यसअघि नै यो डिभाइसलाई भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स बीआईएस तथा थाइल्यान्डको नेशनल ब्रोडकास्टिङ टेलिकम्युनिकेशन कमिसन एनबीटीसीबाट सर्टिफिकेशन प्राप्त भइकेको छ।
हालै प्राइसबाबाको रिपोर्ट अनुसार ईईसीबाट पनि सर्टिफिकेशनको प्रक्रिया पूरा भएकाले यो डिभाइस छिट्टै बजारमा देख्ने अपेक्षा गर्न सकिन्छ।

हालै ईईसीले आरएम३४३० मोडलको स्मार्टफोनलाई सर्टिफिकेशन दिएको र त्यही नै नार्जो ५०ए भएको आकलन गरिएको छ। तर यसका मुख्य विवरणहरु भने हालसम्म बाहिर आएका छैनन्। एनबीटीसीको सूचीमा भने यो फोरजी एलटीई फोन भएको जानकारी उपलब्ध थियो।
आधिकारिक सर्टिफिकेशन सूचीमा कुनै विवरण नभए पनि हालैको केही अन्य लीक अनुसार यसमा ४ जीबी र्यामका साथमा ६४ र १२८ जीबी आन्तरिक स्टोरेज भेरियन्ट उपलब्ध हुनेछ। साथै यो अक्सिजन ग्रीन तथा अक्सिजन ब्लू गरी दुई रंगमा उपलब्ध हुने आकलन गरिएको छ।
प्रकाशित: १५ भाद्र २०७८, मंगलवार