मोबाइल वालेटमार्फत हुने कारोबार रकम एक महिनामै ४ अर्ब ४३ करोड रुपैयाँले वृद्धि

  • Technology Khabar | १५ भाद्र २०७८, मंगलवार
मोबाइल वालेटमार्फत हुने कारोबार रकम एक महिनामै ४ अर्ब ४३ करोड रुपैयाँले वृद्धि

काठमाडौं ।

नेपालमा मोबाइल वालेट मार्फत् भएको कारोबर संख्या र रकम जेठ महिनाको तुलनामा असार महिनामा उल्लेख्य रुपमा बढेको छ।

नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार असार मसान्तसम्ममा मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या १ करोड २५ लाख १५ हजार ९०४ पुगेको छ।

यो संख्या एक महिना अघि अर्थात् जेठको तुलनामा २७ लाख ६५ हजार ८३९ ले बढी हो।

जेठ मसान्तसम्म यो संख्या ९७ लाख ५० हजार ६५ रहेको थियो।

सर्वसाधारणमा डिजिटल कारोबारप्रतिको लगाव बढ्दै जान थाले पनि वैशाखको आधाआधीमा कोरोना महामारीका कारण निषेधाज्ञा शुरु भएकाले पनि यो सेवा प्रभावित बनेको थियो। यसकारण वैशाख र जेठ मोबाइल वालेटमार्फत् हुने कारोबार सङ्ख्या र रकम घटेको थियो।

तर असारमा आउँदा भने यो प्रविधिमार्फत् हुने कारोबार रकम र सङ्ख्यामा उल्लेख्य बढोत्तरी भएको हो।

जेठ मसान्तसम्ममा ८ अर्ब ३५ करोड ३० लाख रुपैयाँको कारोबार भएकामा असार मसान्तसम्मको १ महिनाको अवधिमा भने ४ अर्ब ४३ करोड ७० लाख रुपैयाँ वृद्धि भएर १२ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो।

प्रकाशित: १५ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार