काठमाडौं ।
जापानको टोयोटा मोटरले टोक्यो प्यारालम्पिक गेम्स भिलेजमा आफ्नो स्वाचालित ई-प्यालेट पडलाई सञ्चालनमा ल्याउने जानकारी दिएको छ।
सोमबार यसका बारेमा आधिकारिक जानकारी दिँदै कम्पनी यी सवारीहरु एक आपसमा ठक्कर नखाउन् भन्नका लागि पडभित्र पर्याप्त सुरक्षा कर्मचारी राखेर सञ्चालनमा ल्याइने बताएको छ।
एउटा सवारी एक नेत्रहीन जापानी एथलेटिक्स खेलाडीसँग ठक्कर खाएपछि गत हप्ता बन्दा गरिएका कम्पनीका ई-प्यालेटहरु पुन: सञ्चालनमा ल्याउन लागेको हो। यसबाहेक कम्पनीका सीईओ अकियो तोयोडाले यूट्युब च्यानलमा ती खेलाडीसँग माफी पनि मागेका थिए।
‘उक्त सवारीको सेन्सरले पैदलयात्रीले बाटो काटिरहेको थाहा पाएपछि सवारीले स्वचालित र अपरेटरले आकस्मिक ब्रेक लगाएका थिए। यो पड पूर्णरुपमा रोकिनुअगावै पैदल यात्रुसँग ठक्कर खान पुग्यो’, तोयोदाले सोमबार एक विज्ञप्तिमार्फत् भनेका छन्।
आरामित्सु किटाजोनो नामका ती नेत्रहीन खेलाडी यो घटनामा गम्भीर घाइते भएका थिएनन् तर बाहिरी घाउचोटका कारण गत शनिबारको जुडोको इभेन्टमा भने भाग लिन सकेका थिएनन्।
ई-प्यालेट विशेषगरी टोक्यो ओलम्पिकको प्यारालम्पिक गेमका लागि सञ्चालनमा ल्याइएको थियो।
अब सञ्चालन हुँदा एक जना भित्र रहने र अर्का १ जानाले पैदलयात्री हेर्ने गरी २ जना सुरक्षा कर्मचारीसहित अपरेटरहरुले सवारीको गति नियन्त्रण गर्न सक्ने टोयोटाका प्रवक्ताले बताएका छन्।
प्रकाशित: १५ भाद्र २०७८, मंगलवार