नेपालमा एक वर्षमा कति भित्रिए स्मार्टवाच? यस्तो छ आधिकारिक तथ्याङ्क

  • Technology Khabar | १४ भाद्र २०७८, सोमबार
नेपालमा एक वर्षमा कति भित्रिए स्मार्टवाच? यस्तो छ आधिकारिक तथ्याङ्क

काठमाडौं ।

आर्थिक वर्ष २०७७/७८ भरीमा नेपालमा २४ करोड १ लाख २ हजार रुपैयाँ बराबरका स्मार्टवाच आयात भएका छन्।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७७/७८  (२०७७ साउनदेखि २०७८ असार मसान्तसम्म) को प्रतिवेदन अनुसार उक्त रकम बराबरको १ लाख ३८ हजार ६५५ थान स्मार्टवाच आयात गरिएको हो।

आयात भएकामध्ये चीनबाट सबैभन्दा धेरै १ लाख ३२ हजार ८५४ ओटा तथा भारत बाट ४ हजार ७८ ओटा स्मार्टवाचहरु आयात भएका छन्।

यी स्मार्टवाचका मूल्यमध्ये चीनबाट आयात गरिएकाको १८ करोड ९२ लाख ४१ हजार तथा भारतबाट ल्याइएकाको ४४ लाख २३ हजार रुपैयाँ रहेको छ।

यसबाहेक भियतनामबाट ४ करोड १० लाख ९४ हजार बराबरको १ हजा। ३१९ थान, अमेरिकाबाट ११ लाख २७ हजार बराबरको १२८ थान, ताइवानबाद्ट १४ लाख ४० हजार बराबरको ७८ थान आयात भएको तथ्याङ्कमा उल्लेख छ।

यसैगरी हङकङबाट १ लाख ६४ हजार बराबरको ५९ थान, अस्ट्रेलियाबाट ब लाख ७७ हजार बराबरको ४१ थान, कोरियाबाट ६ लाख २८ हजार बराबरको ३७ थान, जापानबाट १ लाख ९६ हजार बराबरको २० थान तथा

यूएईबाट ६ लाख ७७ हजार बराबरको १५ थान स्मार्टवाच आयात भएको देखिन्छ।

यसबाहेक कतार, कोरिया, इजरायल, क्यानडा, थाइल्याण्ड, बेलायत, नेदरल्याण्ड्स, पोर्चुगल, फ्रान्स र न्यूजिल्याण्डबाट फुटकर मात्रामा स्मार्टवाचहरु आयात भएको तथ्याङ्क भन्सार विभागले अद्यावधिक गरेको छ।

पछिल्ला दिनमा स्मार्ट डिभाइस प्रयोग गर्नमा हरेक उमेर र वर्गका मानिसहरु आकर्षिक हुन थालेपछि स्मार्टफोनपछि स्मार्टवाच तथा स्मार्टब्याण्ड सबैको राोजाइमा पर्दै आएका छन्। सस्तो र नेपाली बजार सुहाउँदो भएकाले चीनबाट सर्वाधिक आयात भएको देखिन्छ।

यस्तो छ आर्थिक वर्ष २०७७/७८ मा स्मार्टवाच आयातको तथ्याङ्क:

क्र.सं.देशआयात सङ्ख्यारकमकैफियत
अस्ट्रेलिया४१८,७७,०००
बंगलादेश८,०००
क्यानडा९,०००
चीन१,३२,८५४१८,९२,४१,०००
फिनल्यान्ड१८,०००
फ्रान्स११,०००
हङकङ५९१,६४,०००
भारत४,०७८४४,२३,०००
इराक१,०००
१०इजरायल३,०००
११जापान२०१,९६,०००
१२कोरिया३७६,२८,०००
१३नेदरल्यान्ड्स१८,०००
१४न्यूजिल्यान्ड४४,०००
१५पोर्चुगल५४,०००
१६कतार९,०००
१७सिंगापुर९,०००
१८दक्षिण अफ्रिका३,०००
१९ताइवान७८१४,४४,०००
२०थाइल्यान्ड४,०००
२१यूएई१५६,७७,०००
२२बेलायत३९,०००
२३अमेरिका१२८११,२७,०००
२४भियतनाम१,३१९४,१०,९४,०००
जम्मा१, ३८, ६५५२४,०१,०२,०००

 

प्रकाशित: १४ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार