
काठमाडौं ।
एप्पलले केही हप्तामा आफ्नो आईफोन १३ सिरिजका स्मार्टफोन आधिकारिक रुपमा सार्वजनिक गर्दैछ।
सार्वजनिक हुने सँघारमा रहेको आईफोन १३ का बारेमा अहिले विभिन्न चर्चा परिचर्चाहरु बाहिर आएका छन्। यसको डिजाइन, क्यामरा र मूल्य लगायत विभिन्न विषयमा लिकस्टर तथा अन्य विश्लेषकहरुले विभिन्न जानकारीहरु सामाजिक सञ्जाल र समाचार पोर्टलहरुमा दिइरहेका छन्।
हालै यसका बारेमा आएको अलिक चाखलाग्दो रिपोर्ट यसको मूल्यका बारेमा रहेको छ। उक्त रिपोर्ट अनुसार आईफोन १३ को शुरुवाती मूल्य ८५० रहनेछ। यसको सबैभन्दा माथिल्लो १ टीबी स्टोरेज भेरियन्टको मूल्य भने २१६३ डलर पुग्ने बताइएको छ।
आईफोन १३ अघिल्लो आईफोन १२ को झैं ४ मोडलमा उपलब्ध हुनेछ। यी मोडलहरुमा आईफोन १३ मिनी, आईफोन १३ प्रो, आईफोन १३ र आईफोन १३ प्रो म्याक्स रहनेछन्।
हालको बाहिरिएको विवरण अनुसार मूल्य सूची यसप्रकार रहनेछ:
आईफोन १३ मिनी ४ जीबी र्याम
६४ जीबी स्टोरेज - ८५० डलर
१२८ जीबी स्टोरेज - ९२७ डलर
२५६ जीबी स्टोरेज - १,०५१ डलर
आईफोन १३ ४ जीबी र्याम
६४ जीबी स्टोरेज - ९७३ डलर
१२८ जीबी स्टोरेज - १,०५१ डलर
२५६ जीबी स्टोरेज - १,१७४ डलर
आईफोन १३ प्रो ६ जीबी र्याम
१२८ जीबी स्टोरेज - १,३१३ डलर
५१२ जीबी स्टोरेज - १,६२२ डलर
१ टीबी स्टोरेज - २,०५५ डलर
आईफोन १३ प्रो म्याक्स ६ जीबी र्याम
१२८ जीबी स्टोरेज - १,४३७ डलर
५१२ जीबी स्टोरेज - १,७४६ डलर
१ टीबी स्टोरेज - २,१७९ डलर
तर यसका बारेमा एप्पलको आधिकारिक धारणा आउन भने बाँकी नै छ।
प्रकाशित: १४ भाद्र २०७८, सोमबार