
काठमाडौं ।
नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले सरकारी तथ्याङ्क तथा डाटावेसको सुरक्षा गर्न निर्देशन दिएका छन्।
मुख्यसचिव शंकरदास बैरागीले आईतवार बसेको सचिवस्तरीय बैठकमा नेपाल सरकारका सचिवहरु, प्रदेशका प्रमुख सचिवहरु तथा अन्य माथिल्लो श्रेणीका पदाधिकारीलाई सरकारी तथ्याङ्क तथा डाटावेसको सुरक्षा गर्ने लगायतका विषयहरुमा निर्देशन दिएका हुन्।
उनले सरकारी तथ्याङ्क तथा डाटावेसको सुरक्षा गर्ने विषयका साथै विद्युतीय माध्यमबाट प्रवाह हुने सरकारी सेवाका लागि प्रयोग हुने सफ्टवेयरहरुमा एकरुपता ल्याउन पनि निर्देशन दिए।
सो बैठकमा मुख्यसचिवले नेपाल सरकार मन्त्रिपरिषद्का निर्णयहरू तदारुकताका साथ कार्यान्वयन गर्न, सबै मन्त्रालय तथा निकायहरुले प्रक्रिया सरलीकरण गरी सेवा प्रवाहमा चुस्तता ल्याउन विभिन्न सुधारका कार्यहरुलाई समन्वयात्मक रुपमा अघि बढाउन तथा बेरुजु फर्छ्यौटमा विशेष पहल गर्न समेत सबै सचिवहरुलाई निर्देशन दिएको जारी विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: १४ भाद्र २०७८, सोमबार