ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ्ग प्रबर्द्धन योजना, हरेक खरिदमा २० प्रतिशत फिर्ता

  • Technology Khabar | १३ भाद्र २०७८, आईतवार
ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ्ग प्रबर्द्धन योजना, हरेक खरिदमा २० प्रतिशत फिर्ता

काठमाडौं ।

ग्लोबल आइएमई बैंकले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

यस क्यासब्याक योजनाअन्तर्गत भाद्र २१ र कुशे औँशीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट टु फादर’ लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत ९३०० सम्म० क्यासब्याक पाइने छ।

यसैगरी भाद्र २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट/क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (५०० सम्म) क्यासब्याक फिर्ता पाइने छ ।

क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ । ग्लोबल आइएमई बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पिवोएसरइकम मार्फत ३ हजार वा सो भन्दा बढिको भुक्तानीमा ३०० क्यासब्याक फिर्ता पाउने छन् ।

महिला ग्राहकलाई लक्षित यो योजना भाद्र १६ देखि ३१ गतेसम्म चल्ने जनाएको छ।

प्रकाशित: १३ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार