होन्डुरसमा पहिलो क्रिप्टोकरेन्सी एटीएमको शुरुवात

  • Technology Khabar | १३ भाद्र २०७८, आईतवार
होन्डुरसमा पहिलो क्रिप्टोकरेन्सी एटीएमको शुरुवात

काठमाडौं ।

मध्य अमेरिकी राष्ट्र होन्डुरसमा यसै हप्ता पहिलो क्रिप्टोकरेन्सी एटीएमको शुरुवात भएको छ।

छिमेकी देश एल साल्भाडोर बिटक्वाइनलाई वैधानिकता प्रदान गर्ने पहिलो देशका रुपमा उभिएपछि यसका समर्थकहरुले आफ्नो देशमा पनि यसको कारोबार सहज बनाउनु पर्ने माग गर्दै आएका अवस्थामा क्रिप्टोकरेन्सी एटीएमको शुरुवात गरिएको बताइएको छ।

स्थानीय भाषामा ‘ला बिटक्वाइनेरा’ नाम दिइएको उक्त एटीएम मेशिनमार्फत् यूजरले स्थानीय लेम्पिरा मुद्राको सट्टामा बिटक्वाइन र इथेरियम प्राप्त गर्न सक्नेछन्।

यो मेशिन होन्डुरसको संस्था टीजीयू कन्सल्टिङ ग्रुप द्वारा राजधानी टिगुशीगाल्पामा रहेको आफ्नो कार्यालयको टावरमा स्थापना गरेको हो।

टीजीयूका सीईओ हुआँ मायेनको नेतृत्वमा उक्त क्रिप्टोकरेन्सी एटीएम होन्डुरसमा ल्याइएको थियो। यसको मुख्य उद्देशय स्थानीयलाई भर्चुअल सम्पत्तिका बारेमा व्यवहारिक रुपमा जानकारी दिनु रहेकव बताइएको छ।

यसअघिसम्म त्यहाँ क्रिप्टोकरेन्सी किनबेचका लागि कुनै अटोमेटेड व्यवस्था थिएन।

उनले यसको लोकप्रियता हेरेर भविष्यमा अरु एटीएमहरु थप्ने बताए। होन्डुरसमा थुप्रै सफ्टवयर डेभलपरहरुलाई क्रिप्टोकरेन्सीमै भुक्तानी दिइँदै आएको छ।

प्रकाशित: १३ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार