पब्जी गेमको लतमा खाताबाट १६ लाख रुपैयाँ ट्रान्सफर गरेपछि भारतमा १६ वर्षे किशोर घरबाट फरार

  • Technology Khabar | १३ भाद्र २०७८, आईतवार
पब्जी गेमको लतमा खाताबाट १६ लाख रुपैयाँ ट्रान्सफर गरेपछि भारतमा १६ वर्षे किशोर घरबाट फरार

काठमाडौं ।

पब्जी (बिजीएमआई) PUBG(BGMI) गेम खेल्ने लतमा भारतमा एक १६ वर्षीय किशोरले आमाबुबाको बैंक खाताबाट १० लाख भारु अर्थात १६ लाख रुपैयाँ ट्रान्सफर गरेको भेटिएको छ। सो रकम ट्रान्सफर गरेपछि उनी घरबाट भागेका थिए।

भारतको मुम्बई क्राइम ब्रान्चको मुस्कान युनिटले बच्चालाई घरबाट केही टाढा भेट्टाए र उसलाई काउन्सिलिङको लागी पुलिस स्टेशनमा लगेका थिए। मुम्बई क्राइम ब्रान्च (इकाई १०) ले १६ वर्षीय किशोरको पहिचान गरेको थियो र उनलाई परिवारसंग पुनर्मिलन गराईएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।।

मिडियाकाअनुसार पुलिस रिपोर्टमा, यी १६ वर्षीय किशोरले आमा-बुबाको खाताबाट १६ लाख रुपैयाँ पब्जी/बीजीएमआईको गेमिंग आईडी तथा गेमर ट्याग किन्नको लागी ट्रान्सफर गरेका थिए। यो पैसा पब्जी मोबाइल गेममा मुद्रा यानी यूसी किन्नको लागी प्रयोग गरीएको थियो।

रिपोर्टका अनुसार, बच्चाका आमा बुबाले उनी भाग्नु भन्दा पहिले घरमा एउटा नोट छोडेको बताएका थिए। यस नोटमा उनले घर छोडेर कहिल्यै नफर्कने बारे लेखेका थिए।

ती किशोरको आमा बुबाले खेलको लतको कारण खाताबाट पैसा सारेकोमा गत बुधवार उसलाई गाली गरेका थिए। बुबाआमाको गालीको कारण उनले घरबाट भाग्ने निर्णय गरेको बताईएको छ। प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा उनको गतिबिधी ट्रेस गरी उनलाई फेला पारेको थियो ।

प्रकाशित: १३ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार