एकै झट्कामा एकाउन्टबाट जानसक्छ लाखौं रुपैयाँ, अनलाइन कारोबारमा यसरी सावधानी अपनाउनुस्

  • Technology Khabar | १३ भाद्र २०७८, आईतवार
एकै झट्कामा एकाउन्टबाट जानसक्छ लाखौं रुपैयाँ, अनलाइन कारोबारमा यसरी सावधानी अपनाउनुस्

काठमाडौं ।

कोरोना भाइरसको महामारीले हाम्रो गतिबिधिमा धेरै परिवर्तन भएको छ। लेनदेनदेखि किनमेल गर्ने कार्य अधिकांश अनलाइन हुन थालेको छ। तर यो अनलाइन कारोबार बढेसँगै धोखाधडी पनि धेरै बढेको छ।

ह्याकरहरुले नयाँ तरीकाले मानिसहरुको बैंक खाताहरु ह्याक गरिरहेका छन्। यसैबिच, उनीहरुबाट बच्नको लागी, आज हामी तपाइँलाई केहि टिप्स बताइरहेका छौं, जसको मद्दतबाट तपाईँ सुरक्षित अनलाइन कारोबार गर्न सक्नुहुन्छ।

थाहा पाउनुहोस् अनलाइन लेनदेन गर्दा के के सावधानी अपनाउनु पर्छः-

एन्टी भाइरस हाल्नुहोस्
तपाईँको डिभाइस सुरक्षित बनाउन र भाइरसहरु तथा मालवेयरबाट सुरक्षित गर्नको लागी एन्टी भाइरसको नयाँ अपडेट सफ्टवेयर प्रयोग गर्नुहोस्। साथै, डिभाइसको पासवर्ड धेरै बलियो राख्नुहोस्, जसलाई ह्याकरहरु तोड्न सक्दैनन्। राम्रो कम्पनीको एन्टी भाइरस मात्र प्रयोग गर्नुहोस्।

फिसिङ्ग स्क्यामबाट बच्नुहोस्
प्रायः हामी कुनै पनि सोचबिचार बिना नै जुनसुकै एप वा ईमेल लिङ्कमा क्लिक गर्दछौं, जसको कारण हामीले पछि मूल्य चुकाउनुपर्ने हुन्छ। यस बाहेक, कसैलाई तपाइँको स्मार्टफोनमा कुनै पनि एप इन्स्टल गर्न नदिनुहोस्, यसबाट उनीहरुलाई तपाईँको स्मार्टफोनमा पहुँच दिनसक्छ।

व्यक्तिगत विवरण साझा नगर्नुहोस्
सधैं एक कुरा ध्यानमा राख्नुहोस् कि तपाईँको व्यक्तिगत विवरण जस्तै जन्म मिति, उपनाम, खाता नम्बर, एटीएम पिन आदि कसैलाई व्यक्तिगत वा अनलाइनमार्फत साझा नगर्नुहोस्, कुनै फरक पर्दैन कि तपाइँको साथि कति विशेष छ। साथै, क्यासब्याक र अन्य पुरस्कारको जाल मा कहिल्यै नफस्नुस् । यस बाहेक आफ्ना व्यक्तिगत बिबरणहरु कुनै संस्थाहरुले माग्दैमा तत्काल नदिनुस् ।

अनलाइन किनमेल गर्दा ध्यान राख्नुहोस्
जुनसुकै वेबसाइटबाट अनलाइन किनमेल नगर्नुहोस्। यदि तपाईँ केहि अनलाइन अर्डर गर्न चाहनुहुन्छ भने प्रामाणिक वेबसाइटबाट मात्रै अर्डर गर्नुहोस्। किनमेल गर्ने वेबसाइट आधिकारीक कम्पनीको हो वा होईन जानेर मात्र अनलाइन भुक्तानी गर्नुस् । यदि तपाइँ अनलाइन शपिंगको प्रक्रियामा कुनै फेक वेबसाइटको चक्करमा पर्नुभयो भने तब तपाइँको एकाउन्ट ह्याक समेत हुनसक्नेछ र तपाइँको सम्पूर्ण बैंक खाता पनि खाली गर्न सक्नेछ।

प्रकाशित: १३ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार