
काठमाडौं ।
टिकटकले ट्रेण्डिङ्गमा भाग लिने प्रयोगकर्ताहरु गम्भीर घाइते हुन सक्ने चिन्ताका कारण आफ्नो प्लेटफर्मबाट लोकप्रिय “मिल्क क्रेट च्यालेन्ज” लाई प्रतिबन्ध लगाएको टेकक्रन्चले उल्लेख गरेको छ।
सो च्यालेन्जमा टिकटक प्रयोगकर्ताहरुले एक पिरामिड आकारमा दूध राख्ने क्रेटहरुलाई जाेडेर चाङ्ग लगाएर राख्दछन् र त्यसपछि अस्थिर संरचनामा चढ्ने प्रयास गर्दछन्।
कम्पनीका एक प्रवक्ताले भने “टिकटकले खतरनाक कार्यहरुलाई बढावा दिने वा महिमा दिने सामग्री प्रतिबन्धित गर्दछ, र हामी त्यस्ता सामग्रीलाई हतोत्साहित गर्नका लागी हाम्रो सामुदायिक दिशानिर्देशहरुको लागी भिडियोहरु हटाउँछौं र खोजहरु लाई पुनः निर्देशित गर्दछौं। हामी सबैलाई प्रोत्साहन दिन्छौं कि उनीहरुको व्यवहारमा सावधानी अपनाउन् चाहे अनलाइन होस् वा अफलाईन।”
धेरैजसो त्यस्ता भिडियोहरुमा, टिकटक प्रयोगकर्ताहरु भुइँमा झरेको देखिएको छ किनकि उनीहरु अस्थायी पिरामिडको एक छेउबाट चढ्ने र अर्को तर्फबाट तल झर्ने कोशिश गर्छन्। धेरै स्वास्थ्यकर्मीहरुले सामाजिक सञ्जालमा गएर यो प्रवृत्ति र यसमा भाग लिनेहरुको खतराको बारेमा चिन्ता गरेसँगै यो प्रतिबन्ध लगाईएको हो।
एपमा त्यस बारेको ट्रेण्डको ह्याशट्याग सर्च गर्दा पेजमा अब एक “कुनै परिणाम भेटिएन” सूचना दिनेछ। तरपनि त्यस्तो केहि भिडियोहरु अझै पनि एपमा देख्न सकिन्छ जसमा केहि कीवर्डहरु फरक रहेको सन्दर्भमा ।
टिकटकको लोकप्रियतामा वृद्धि भएसँगै धेरै खतरनाक चुनौतीहरु पछिल्ला केहि बर्षहरुमा प्लेटफर्ममा भाइरल भएको देखिएको छ।
प्रकाशित: १३ भाद्र २०७८, आईतवार