सन् २०१९ मा गुगल प्ले एप स्टोरको आम्दानी ११ अर्ब डलर, प्रतिस्पर्धाविरोधी नियम मिचेको आरोप

  • Technology Khabar | १३ भाद्र २०७८, आईतवार
सन् २०१९ मा गुगल प्ले एप स्टोरको आम्दानी ११ अर्ब डलर, प्रतिस्पर्धाविरोधी नियम मिचेको आरोप

काठमाडौं ।

गुगलले २०१९ मा ११ अर्ब डलर आम्दानी गरेको बुझिएको छ। यो खुलासा शनिबार एउटा अदालती उजुरीका क्रममा गुगलको माउ संस्था अल्फाबेटले सार्वजनिक गरेको हो।

उताह (यूत:) प्रान्तका महान्यायाधिवक्ता तथा अन्य ३६ राज्य तथा जिल्ला अदालतले गुगलमाथि प्रतिस्पर्धाविरोधी नीति उल्लङ्घन गरेको आरोपमा मुद्दा हालिरहेका हुन्।

उनीहरुले एप स्टोरका विरुद्ध पनि सन् २०१९ मा साढे ८ अर्ब खुद नाफा तथा ७ अर्ब सञ्चालन मुनाफा कमाएको र यसको सञ्चालन सीमा ६२ प्रतिशत रहेकोमा मुद्दा दायर गरेको बुझिएको छ।

यो आँकडामा एपको बिक्री, इन-एप पर्चेज तथा एप स्टोरको विज्ञापन मार्फत भएको आम्दानी समेटिएको छ। गुगलले ‘एउटा आधारहीन उजुरीका आधारमा हाम्रा तथ्याङ्कहरुलाई गलत तरिकाले व्याख्या गर्ने’ प्रयास भएको समाचार संस्था रोयटर्सलाई बताएको छ।

यो मुद्दामा गुगल तथा उजुरीकर्ता दुवै पक्षले आगामी सन् २०२२ को अन्त्यमा सुनुवाइ हुने कुरामा सहमति जनाएको बताइएको छ।

आफ्नो त्रैमासिक प्रगति विवरणमा गुगल ग्रुपले प्ले एपको आम्दानी स्टोरको विज्ञापनबाहेक पनि अन्य धेरै शीर्षकबाट भएको खुलाएको छ।

उता महान्यायाधिवक्ताबाहेक मोबाइल एप डेभलपर एपिक गेम्स तथा अन्य कम्पनीले गुगलविरुद्ध छुट्टाछुट्टै उजुरी दर्ता गरेका छन्।

यसमा प्लेस्टोरमा रहेका एपबाट ३० प्रतिशत रकम लिएको विषय प्रमुख छ। उजुरीकर्ताहरुले गुगललाई एप डेभलपरहरुको नाफामा निकै कटाैती हुनेगरी काटेको आरोप लगाएका छन्।

प्रकाशित: १३ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १३ भाद्र २०७८, आईतवार