
काठमाडौं ।
एप्पलले आईफोन १२ र १२ प्रोमा समस्याग्रस्ट इयरपिस स्पिकर निशुल्क परिवर्तन गरिदिने योजना ल्याएको छ।
सन् २०२० अक्टोबर देखि २०२१ अप्रिलभित्र बनेका यी दुई मोडलमा रहेका इयरपिस स्पीकरमा समस्या रहेको गुनासा आएका थिए।
एप्पलले हालै एउटा आधिकारिक विज्ञप्तिमार्फत् समस्याग्रस्त स्पीकर परिवर्तन गर्न शुरु भैसकेको र कुनै पनि ग्राहकले यस्ता समस्या भएको खण्डमा निशुल्क परिवर्तन गराउन आग्रह पनि गरेको छ।
कम्पनीले यी दुई मोडेलका केही डिभाइसहरुमा सम्भाव्य पार्टपुर्जामा आएको खराबीका कारण यस्तो समस्या उब्जिएको हुनसक्ने निर्क्योल गरेको छ।
स्पीकर परिवर्तनका लागि ल्याउँदा आफ्नो फोनको डाटा ब्याकअप राख्न पनि कम्पनीले आग्रह गरेको छ। तर यो निशुल्क योजना कहिलेसम्म लागू हुनेछ भन्ने निश्चित गरिएको छैन।
प्रकाशित: १३ भाद्र २०७८, आईतवार