
काठमाडौं ।
बेल्जियमको प्रहरीले एन्ड्रोइड एप प्रयोगकर्ताहरुलाई ‘जोकर’ भाइरस हालसालै फिर्ता भएको भन्दै चेतावनी दिएको छ। यो भाइरसले एन्ड्रोइड उपकरणहरुमा आक्रमण गरेर गुगल प्ले स्टोरको धेरै एप्समा आफैंलाई लुकाउँछ।
यो भाइरस को बारेमा भनिएको यसले आधिकारीक अनुमति बिना नै भुक्तानी सेवाको सदस्यता लिन सक्षम छ। यसको अर्थ यसले सिधै तपाईँको मोबाइल बैंकिङ्ग वा इबैंकिङ्गमा पहुँच पाएर एकाउन्टबाट रकम निकाल्न सक्नेछ ।
बेल्जियम पुलिसको बयान यसको वेबसाइटमा छापिएको छ, जसमा भनिएको छ – ‘यो भाइरस गुगल प्ले स्टोर को एप्लिकेसनमा भेटिएको छ। संयोगवश, यी ८ एपहरु त्यी एप हुन् जुन यस बर्ष जूनमा क्विक हिल सुरक्षा प्रयोगशालाहरुमा शोधकर्ताहरु द्वारा पत्ता लगाईएको हो।’
जब गुगललाई यी एप्ससहितका भाइरसको बारेमा जानकारी दिईयो, गुगलले प्ले स्टोरबाट यी सबै आठ एप्स हटाएको छ। जे होस्, एन्ड्रोइड प्रयोगकर्ताहरुलाई आफ्नो स्मार्टफोनबाट यी एपहरु हटाउन आवश्यक छ। बेल्जियमका अधिकारीहरुको भर्खरको चेतावनीले देखाउँछ कि यी एपहरुका साथमा डिभाइसहरु ‘जोकर’ भाइरस को शिकार बनिरहेका छन्।
जुन एन्ड्रोइड एप्सलाई ‘जोकर’ भाइरसद्वारा शिकार बनाईएको छ ती एप्स यी हुन्-
-आक्जुलरी Auxiliary Message,
-एलिमेन्ट स्क्यानर Element Scanner,
-फास्ट म्याक एसएमएस Fast Maic SMS,
-फ्रि क्यामस्यानर Free CamScanner,
-गो मेसेजेज Go Messages,
-सुपर मेसेज Super Message,
-सुपर एसएमएस Super SMS,
-ट्राभल वालपेपर Travel Wallpapers.
जोकर एक भाइरस हो जसले लगातार एन्ड्रोइड उपकरणहरुलाई लक्षित गर्दछ। यो पहिलो पटक सन् २०१७ मा पत्ता लगाइएको थियो। क्विक हिल शोधकर्ताहरुका अनुसार जोकर भाइरसले डाटा, एसएमएस, सम्पर्क सूची, डिभाइस जानकारी, ओटीपी र अन्य चीजहरु चोर्छ।
बेल्जियम प्रहरीका अनुसार, यसमार्फत महिनाको अन्त्यमा एक ठूलो आश्चर्य दिन सक्दछ र पैसा स्वचालित रूपबाट तपाईँको बैंक खाता वा क्रेडिट कार्डबाट रकम स्वचालितरुपमा निकालिएको हुनसक्दछ।
प्रकाशित: १२ भाद्र २०७८, शनिबार