वनप्लसले भारतमा यी सेटहरुमा नि:शुल्क ब्याट्री रिप्लेसमेन्टको सुविधा दिँदै

  • Technology Khabar | ११ भाद्र २०७८, शुक्रबार
वनप्लसले भारतमा यी सेटहरुमा नि:शुल्क ब्याट्री रिप्लेसमेन्टको सुविधा दिँदै

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले भारतमा आफ्ना केही स्मार्टफोन मोडलहरुमा निशुल्क ब्याट्री फेरिदिने भएको छ।

हालै रेडिटमा आएको एक रिपोर्ट अनुसार वनप्लु इन्डियाले वनप्लस ३, वनप्लस ५, वनप्लस ५टी, वनप्लस ६ तथा वनप्लस टी मोडलहरुमा शुल्क नलिइ नयाँ ब्याट्री राखिदिने भएको हो।

कम्पनीले ब्याट्री निशुल्क दिने भए पनि परिवर्तनका लागि ला लाग्ने मर्मत शुल्क भने तिर्नुपर्नेछ। रेडिटका अनुसार एउटा वनप्लस ५टी यूजरको ब्याट्री परिवर्तन गर्दाको मर्मत शुल्क ४७३ भारु अर्थात् लगभग ६ डलर रुपैयाँको बिल आएको छ।

कम्पनीको स्टकमा यी उल्लेख गरिएका मोडलका ब्याट्रीहरु ठूलो सङ्ख्यामा मोज्दात रहेकाले निशुल्क रिप्लेसमेन्टको घोषणा गरिएको बुझिएको छ।

प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार