दूरसञ्चार र इन्टरनेटसम्बन्धी ३०० भन्दा बढी गुनासो दर्ता, सबैभन्दा धेरै इन्टरनेटको स्पीड सम्बन्धित

  • Technology Khabar | ११ भाद्र २०७८, शुक्रबार

काठमाडौं ।

-साजन सुवेदी

दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणमा उपभोक्ताका तर्फबाट विभिन्न सेवा तथा समस्याका बारेमा गुनासाहरु आउने गर्छन्।

गत आर्थिक वर्षमा पनि प्राधिकरणमा विभिन्न दूरसञ्चार सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायकसँग सम्बन्धित थुप्रै प्रकारका गुनासाहरु उल्लेख्य सङ्ख्यामा दर्ता भएका थिए।

नेपाल दूरसञ्चार प्राधिकरणको कम्प्लेन ह्याडलिङ्ग सिस्टममा सेवाग्राहीहरुले सिधै सेवा प्रदायकहरुको बारेमा गुनासो गर्ने सुबिधा रहेको छ। सोहीअनुसार विभिन्न प्रकारका गुनासाहरु अनलाइनमार्फत आउने गरेको प्राधिकरणले जनाएको छ।

तल उल्लेखित तालिका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणमा गत आर्थिक वर्षमा इन्टरनेटसम्बन्धी २१९ तथा भ्वाइससम्बन्धी ९० गरी कुल ३०९ ओटा उजुरी दर्ता भएका थिए। यीमध्ये इन्टरनेटको स्पीड, इन्टरनेट सुस्त भएको, इन्टरनेटको प्याकेज तथा इन्टरनेट ब्यान्डविथमा आएका समस्याका बारेमा उपभोक्ताहरुले सबैभन्दा बढी १३३ ओटा अर्थात् समग्रमा ४३ प्रतिशत गुनासा दर्ता गराएका थिए।

यसैगरी भ्वाइसका सम्बन्धमा सबैभन्दा बढी २० ओटा अर्थात समग्रमा ६.४७ प्रतिशत गुनासा नेटवर्क समस्याका बारेमा तथा क्रमश: १८, १६ र १२ ओटा गुनासा बिलिङ/ब्यालेन्स, डाटा प्याकेज तथा ल्यान्डलाइनका समस्याबारेमा दर्ता भएका थिए। यसका साथै सिम कार्ड, रोमिङ, मर्मत समस्याहरुका बारेमा समेत सेवाग्राहीले गुनासो गरेका थिए ।

आएका गुनासाहरुमध्ये प्राधिकरण अधिकांशको समस्याहरु र गुनासोहरु समाधान गरिसकेको जनाएको छ।

यस्ता छन् गत आर्थिक वर्ष २०७७/७८  मा दर्ता भएका गुनासाहरु:

१. इन्टरनेटसम्बन्धी समस्या

गुनासोको प्रकारसङ्ख्याप्रतिशत
इन्टरनेट नचलेको३४११
इन्टरनेट स्पीड घटबढ/इन्टरनेट सुस्त/प्याकेज/ब्याण्डविथ१३३४३.०४
मर्मत समस्या२.९१
बिलिङ सम्बन्धमा२.५९
टोल फ्री नम्बर सम्बन्धमा२.९१
क्षतिपूर्ति सम्बन्धमा०.९७
अन्य२३७.४४
जम्मा२१९७०.८७

२. भ्वाइससम्बन्धी गुनासो

बिलिङ/ब्यालेन्स सम्बन्धमा१८५.८३
सिम कार्ड२.९१
नेटवर्क समस्या२०६.४७
डाटा प्याकेज समस्या१६५.१८
रोमिङ समस्या२.५९
ल्यान्डलाइन समस्या१२३.८८
अन्तरआबद्धता०.३२
मर्मत समस्या०.३२
अन्य१.६२
जम्मा९०२९.१३

 

प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार