अनलाइन बैंकिङ्ग वा मोबाइल बैंकिङ्ग गर्नुहुन्छ ? त्यसोभए यसरी ससक्त बनाउनुस् आफ्नो पासवर्ड

  • Technology Khabar | ११ भाद्र २०७८, शुक्रबार
अनलाइन बैंकिङ्ग वा मोबाइल बैंकिङ्ग गर्नुहुन्छ ? त्यसोभए यसरी ससक्त बनाउनुस् आफ्नो पासवर्ड

काठमाडौं ।

तिब्रगतिमा अगाडी बढिरहेको डिजिटलाइज्ड संसारमा, अनलाइन ठगी पनि उस्तै दरमा वृद्धि भएको छ। बैंकिङ्ग ठगी र अनलाइन ठगी कोरोना महामारीको कारण पनि निकै छिटो बढेको छ।

बढ्दो अनलाइन ठगीलाई ध्यानमा राखी नेपालमा पनि विभिन्न सुरक्षा सचेतनाहरु गरिँदै आएको छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि मानिसहरुलाई सुरक्षा अपनाएर नेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग वा अनलाइन बैंकिङ्गको पासवर्ड बलियो राख्न सल्लाह दिँदै आएका छन्।

केहि विशेष तरीका अपनाएर, तपाईँको पासवर्ड बलियो बनाउन सक्नुहुन्छ। यसले तपाईँलाई अनलाइन धोखाधडीबाट बच्न मद्दत गर्दछ। एक बलियो पासवर्डका साथ तपाईँ एक हदसम्म आफ्नै पैसा र जानकारीको रक्षा गर्न सक्नुहुन्छ।

यी तरिकाहरु अपनाएर पासवर्ड बलियो बनाउन सकिन्छः

  • पासवर्ड दुबै अपरकेस र लोअरकेसको संयोजनका साथ हुनुपर्छ। जस्तै – tKjsE7uG।
  • पासवर्डमा संख्या र सिम्बल दुवैको उपयोग गर्नुहोस्। जस्तै – tKjsE7uG61!
  • तपाईँको पासवर्डमा कम्तीमा ८ अक्षर हुनुपर्छ। जस्तै – tKjsE7uG
  • Itislocked, thisismypassword, MyPassword जस्ता सामान्य शब्दकोशका शब्दहरु प्रयोग नगर्नुहोस्।
  • कीबोर्ड पाथ जस्तै ‘qwerty’ वा ‘asdfg’ को उपयोग गर्नु हुँदैन। यसको सट्टा “:)”, “:/’ को प्रयोग गर्नुहोस्।
  • 12345678 वा abcdefg जस्ता अति सामान्य पासवर्ड सिर्जना नगर्नुहोस्।
  • सजिलै अनुमान गर्नको लागी सब्सटिट्यूशनको उपयोग नगर्नुहोस्। जस्तै-DOORBELL-DOOR8377, HelloNEPAL
  • आफ्नो नाम र जन्म मितिलाई कहिलेपनि पासवर्डमा लिंक नगर्नुहोस्। जस्तै – RamBahadur@1979।

तपाईँले राखेको पासवर्ड सकेसम्म नजिकका अन्य व्यक्तिहरुलाई पनि सेयर नगर्नुहोस् । अपरिचत मानिसलाई आफ्नो फोन वा डिभाइस सकेसम्म नदिनुहोस् र बैंकको जानकारीहरु सार्वजनिक नगर्नुहोस् ।

त्यस्तै बैंक कारोबार गर्नका लागि सुरक्षा गर्न टू फ्याक्टर अथेन्टिकेसन (2FA) लाई इनेबल गर्नुहोस् ।

यदि यति गर्दा पनि तपाईँको नेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग वा अनलाइन बैंकिङ्गमा कुनै शंकास्पद गतिबिधि देखिएको छ भने तत्काल बैंकमा सम्पर्क गर्नुहोस् ।

प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...