
काठमाडौं ।
एक्सपलोरर विङ्ग्स प्रालिले ब्याम्बिनोस डट लाइभ (bambinos.live) सँग सम्झौता गरेर नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सुरु गरेको छ । यसमा सार्वजनिक रुपमा वक्तृत्वकला, रचनात्मक लेखन, अबाकस, कला, संगीत, नैतिक शिक्षा, फिटनेस शिक्षा जस्ता विधाहरुलाई लक्षित गरेर सयभन्दा बढि कोर्सहरु समावेश गरिएको छ।
अहिले कोभिड १९ को महामारीको समय भएको कारणले बालबालकाहरु बिच खासै अन्र्तक्रिया नहुने हुँदा यो वैकल्पिक माध्यम प्रभावकारी हुने जनाइएको छ । सम्पूर्ण ज्ञानले मात्रै अहिलेको कठिन समयमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले यही कुराको मध्यनजर गर्दै यो पाठ्यक्रम विकास गरिएको कम्पनीको भनाई छ।
पछिल्लो समय भारत र अन्य देशहरुमा शिक्षामा केन्द्रित प्रविधि एडु टेक स्टार्टअपले राम्रो सफलता र प्रख्याती पाएको छ । यस डिजिटल एकेडेमीको प्रयोग तिस हजार जना विद्यार्थीहरुले गरिरहेका छन् । कम्पनीले १०० भन्दा बढि प्रोग्रामहरु राखेको छ जसमा पाठ्यक्रमको शिक्षालाई सहयोग पुग्ने अतिरिक्त तर अत्यावश्यक विषयहरुलाई समेटेको छ । यस प्लेटफर्मले विश्वकै राम्रो, गुणस्तरीय कन्टेन्ट र शिक्षकहरु उपलब्ध गराइरहेको छ।
इलर्निङको यस प्लेटफर्मले विद्यार्थीहरुलाई विषय विज्ञ व्यक्तिहरुबाट अध्ययनको मौका प्रदान गर्ने गर्दछ र विद्यालय तथा विद्यालय भन्दा बाहिर पनि राम्रो प्रस्तुती दिन मद्दत पुर्याउने बताईएको छ । भविष्यमा रोजगार र यसको क्षेत्रमा अहिलेको भन्दा धेरै परिवर्तन आउने देखिन्छ र शैक्षिक सफलताले मात्रै नपुगेर अतिरिक्त शिक्षाको पनि ज्ञान हुनुपर्ने देखिन्छ ।
बालबालिकाले अतिरिक्त क्रियाकलाप, व्यक्तित्व र प्रभावकारी सञ्चारको माध्यमले आफूलाई क्षमतावान सिद्ध गर्नुपर्ने देखिन्छ । यही कुरालाई मध्यनजर गर्दै ब्याम्बिनोस डट लाइभले डिजिटल एकेडेमी ल्याएको कम्पनीले दाबी गरेको छ ।
विद्यालयहरुको यो कमीलाई ब्याम्बिनोस डट लाइभले गुणस्तरीय प्रोग्रामलाई १ः५ को अनुपातमा एकदमै राम्रो शिक्षकहरुको माध्यमले सिकाउने गरेको छ । यसमा उपलब्ध कोर्सहरु अनुसन्धानमा आधारित रहेका छन् ।
डिजिटल एकेडेमीले ३ देखि १५ वर्ष सम्मको बालबालिकालाई स्कुल पछिको क्रियाकलाप जस्तै ट्युसन, अतिरिक्त क्रियाकलाप, आफ्नो रुचीहरु पुरा गर्नलाई अझै मद्दत पुर्याउने गर्दछ ।
डिजिटल एकेडेमीमा विद्यार्थीहरु लाइभमा नै साथीहरुसँग र शिक्षकसँग अन्र्तक्रिया गर्न सक्दछन् जसले पठनपाठनलाई अझै सहज बनाउने गर्दछ । त्योसँगै कम्पनीले १० भन्दा बढि देशहरुमा सेवा दिदै आएको हुँदा प्रयोगकर्ताहरुले विभिन्न देशका साथीहरुसँग अन्र्तक्रिया गर्न पाउनेछन् । यो प्लेटफर्ममा जोडिन तपाईले ब्याम्बिनोस bambinos.live मा गएर अकाउन्ट बनाउनुपर्ने जनाईएको छ।
प्रकाशित: १० भाद्र २०७८, बिहीबार