नेपालमा नै डाटा साइन्सको पढाई शुरु गरिँदै

  • Technology Khabar | १० भाद्र २०७८, बिहीबार
नेपालमा नै डाटा साइन्सको पढाई शुरु गरिँदै

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय अन्तरगतको गणित विज्ञान स्कुलले डाटा साइन्सको पढाई शुरु गर्ने भएको छ। गणित विज्ञान स्कुलले नेपालमै पहिलो पटक भदौ महिना भित्रै डाटा साइन्सको पढाई शुरु गर्ने तयारी गरेको हो ।

स्कुलले एक्चुअरी साईन्स अध्यापनको सफलतापछि स्नातकोत्तर तहमा डाटा साइन्स विषयको अध्यापन गर्ने तयारी गरेको हो ।

विश्वमै उत्कृष्ट कोर्षको रुपमा चिनिएको यो कोर्ष पुरा गरेपछि डाटा एनलाइसिसको जनशक्ति नेपालमै उत्पादन हुने स्कुलको बताएको छ।प्राविधिक जनशक्तिको रुपमा उनिहरुले विदेशी मुद्रा हासिल गरि देशकै आर्थिक स्थिति मजबुत बनाउने स्कुलको दाबी छ।

उक्त विषय अध्यन गर्नका लागि त्रिभुवन विश्वविद्यालय वा यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा १५ वर्षे औपचारिक शिक्षा लिई स्नातक तहमा सिजिपिए २ वा दोस्रो श्रेणीमा पास हुनु पर्नेछ। त्यस्तै विए वा विएससीमा म्याथ वा तथ्याङ्कशास्त्र लिएर उत्तिर्ण भएको हुनु पर्नेछ । विइ वा विआईटी वा विसिए वा सो सरहको उपाधि लिएको हुनुपर्ने स्कुलले बताएको छ ।

स्कुलले साउन ३० गते डाटा साइन्सको प्रवेश परिक्षा सञ्चालन गरेको थियो । जसमा १४७ जनाले प्रबेश परिक्षाको लागि आवेदन दिएकोमा १३६ जना मात्रै लिखित परीक्षाको लागि योग्य भएका थिए । त्यसमध्ये पनि १२३ जना विद्यार्थीहरुले न्युनतम ३५ प्रतिशत प्राप्त गरी लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

त्यसमध्ये पनि १२३ जना विद्यार्थीहरुले न्युनतम ३५ प्रतिशत प्राप्त गरी लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

लिखित परीक्षामा उत्तिर्ण भएका मध्येबाट पनि ४ जना अनुपस्थित भएपछि ११९ जना विद्यार्धीहरुको लिखित, प्रस्तुतिकरण तथा अन्तर्वार्ता र शैक्षिक योग्यताको आधारमा प्राप्ताङलाई टुबुलेसन गरी योग्यता क्रम अनसार सूची निकालेको जानकारी दिईयो ।

हाल यो कोर्षमा ३६ जनाको सिट रहेको छ । त्यसमा ८० प्रतिशत खुला र २० प्रतिशत समावेशीको लागि कोटा छुट्याएको छ । समाबेशी कोटामा भर्ना हुनको लागि त्रिविको नियमानुसार योग्यता पुगेको हुनुपर्नेछ।

रीतपूर्वक आवेदन आएरनआएको जाँच गरी भदौ ८ गते बेलुकासम्ममा प्रवेश परीक्षा समन्वय समितिको बैठक बसी त्यस विषयमा टुंगो लाग्ने बताईएको छ ।

अहिले स्नातक तहमा एक्चुअरी विषयको अध्ययन भैरहेकोमा यहि महिना भित्रै स्नातकोत्तर तहको डाटा साईन्सको अध्यापनका लागि प्रवेश परीक्षाको तयारी सम्पन्न गरिने बताईएको छ ।

प्रकाशित: १० भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार