विश्वव्यापी विस्तारका लागि माइक्रोसफ्ट सँग साझेदारी गर्दै दक्षिण कोरियाली वन स्टोर

  • Technology Khabar | १० भाद्र २०७८, बिहीबार
विश्वव्यापी विस्तारका लागि माइक्रोसफ्ट सँग साझेदारी गर्दै दक्षिण कोरियाली वन स्टोर

काठमाडौं ।

दक्षिण कोरियाली एप बजार अपरेटर वन स्टोरले अर्को वर्षसम्म वैश्विक एप मार्केट विकास गर्नका लागि माइक्रोसफ्टसँग साझेदारी गरेको जानकारी दिएको छ।

गत सोमबार आधिकारिक रुपमा यस्तो बताएको कम्पनीले वैश्विक प्रविधि जायन्टहरुले सञ्चालन गरेका ठूला प्रतिस्पर्धीका विरुद्ध आफ्नो उपस्थिति मजबुत बनाउने उद्देश्य रहेको बुझिएको छ।

यो एप मार्केट एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टममा उपलब्ध छ जसलाई दक्षिण कोरियामा गुगलको प्लेस्टोरको विकल्पका रुपमा चिनिन्छ।

कम्पनीले माइक्रोसफ्टको क्लाउड प्रविधिसँग एकीकृत गरेर आउँदो वर्षसम्म वैश्विक प्लेटफर्म निर्माण गर्ने योजना बनाएको स्थानीय योन्हाप समाचार संस्थाले जनाएको छ।

एउटा अनलाइन पत्रकार सम्मेलनमा वन स्टोरको रणनीतिक साझेदारी प्रमुख जिन ह्युन-क्युले कम्पनीले यो प्लेटफर्म एसियाली बजारमा सार्वजनिक गर्ने योजनामा रहेको बताएका छन्।

यो निर्णय माइक्रोसफ्टले गत जुनमा वन स्टोरमा ९५ लाख डलर लगानी गरेपछि आएको हो।

यो मार्केटको ४७ स्टेक मुख्य वायरलेस क्यारियर एसके टेलिकमले लिएको छ भने यसबाहेक केटी कर्प र एलजी यूप्लस कर्पको पनि साथ रहेको छ।

प्रकाशित: १० भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार