शाओमीको नेपालमा आफ्नो ५औं आधिकारिक एमआई स्टोर सञ्चालनमा

  • Technology Khabar | ९ भाद्र २०७८, बुधबार
शाओमीको नेपालमा आफ्नो ५औं आधिकारिक एमआई स्टोर सञ्चालनमा

काठमाडौं ।

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा आफ्नो पाँचौं एमआई स्टोरको लन्च गरेको छ। कलंकीमा अवस्थित २०० वर्गफुटको एमआई स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ किनकि ब्रान्डले यस त्रैमासिकको अन्तसम्म मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “यो शाओमी नेपालका लागि एक विशेष माइलस्टोन हो।देशमा हाम्रो ५औँ एमआई स्टोरसंग, हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्नको लागी प्रयास जारी राख्नेछौं र हाम्रो एमआई प्रशंसकहरुको लागी सबैभन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्नेछौँ । हामी आशा गर्दर्छौं कि नेपालमा हाम्रा एमआई प्रशंसकहरु यस एमआई स्टोरमा जानेछन् र उनीहरुले हाम्रो भर्खरै लन्च गरिएका उत्पादन लाइन अपको धेरै भन्दा धेरै उपयोग गर्ने अवसर लिनेछन्।”

यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नको लागी ईमानदारीसंग अधिक मूल्य थप्ने उत्साहलाई झल्काउने बताएको छ । आफ्नो प्रकारको पहिलो रहेको नयाँ एमआई स्टोरले निर्बाध रूपबाट आपूर्ति श्रृंखला प्रबन्धनबाट उत्पादनको उपलब्धता र वितरण उपायसम्म रिटेल प्रयासहरुलाई ब्रान्डको शासनको अधीनमा ल्याएर एकीकृत गर्ने कम्पनीको भनाई छ।

प्रकाशित: ९ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...