बजाजको दशैं अभियान ‘बजाज खुशी को ३ डोज’ सार्वजनिक

  • Technology Khabar | ९ भाद्र २०७८, बुधबार
बजाजको दशैं अभियान ‘बजाज खुशी को ३ डोज’ सार्वजनिक

काठमाडौं ।

नजिकिँदै गरेको दशैंको अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको छ।

कोभिड-१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुसी बाड्न आवश्यकता अनुरुपका योजनाहरु कम्पनीले बताएको छ।

अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु पहिले, किन्ने समयमा र किनिसकेपछि नगद पुरस्कार पाउन सक्नेछन्।

ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले १० हजारसम्मको अग्रिम नगद, मोटरसाइकल खरिदको समयमा १ लाखसम्मको नगद र बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाखको नगद पुरस्कार जित्न सक्नेछन्।

हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले यस अफरबाट ग्राहकमा उत्साह छाउने र सन्तुष्ट हुने बताए।

प्रकाशित: ९ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार