
काठमाडौं ।
अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी ‘बचाउ’ नामक मोबाइल एप सार्वजनिक गरिएको छ । युएसएआइडीको तयार नेपाल परियोजनाको सहयोगमा अतुल्य फाउण्डेसनले उक्त एप तयार पारेको हो ।
बचाउ एप सुस्त श्रवण भएका व्यक्तिलाई लक्षितगरेर निर्माण गरिएको हो। एप सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई आकस्मिक सेवाका लागि सहयोगी हुने बताइएको छ ।
सुस्त श्रवण भएका व्यक्तिले आफूलाई परेको समस्याका बारेमा एपबाट प्रहरी, दमकल वा एम्बुलेन्सलाई जानकारी गराउन सक्ने गरी बनाइएको छ ।
एपबाट सहयोगका लागि अपील गर्दा प्रहरीले सहयोग आवश्यक पर्ने व्यक्ति रहेको वा घटना भएको स्थानसमेत जानकारी पाउने भएकाले सहजिकरणका लागि छिटो हुने अपेक्षा गरिएको छ ।
बीटा भर्सनमा उपलब्ध बचाउ एप चाँडै नै परिस्कृत गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याइने फाउण्डेसनले जनाएको छ।
प्रकाशित: ९ भाद्र २०७८, बुधबार