गुनासो पोर्टल आफ्नो वेबसाइटमा अनिवार्य लिंक गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन

Technology Khabar ९ भाद्र २०७८, बुधबार

गुनासो पोर्टल आफ्नो वेबसाइटमा अनिवार्य लिंक गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन
फाइल

काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाहरुको काम कारबाहीको बारेमा ग्राहकको गुनासो नेपाल राष्ट्र बैंकसम्म पुग्ने गुनासो पोर्टललाई आफ्नो वेबसाइटमा अनिवार्य लिंक गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले हालै बैंक तथा वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशन दिँदै गुनासो पोर्टल gunaso.nrb.org.np  को लिंक सबै बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वेबसाइटमा भदौ मसान्तसम्म राख्न भनेको हो।

‘बैंक तथा वित्तीय संस्थाका काम कारवाहीसम्बन्धी गुनासोको सुनुवाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाले यस बैंकको गुनासो पोर्टल gunaso.nrb.org.np को लिङ्क आफ्नो वेबसाइटमा २०७८ भदौ मसान्तभित्र राखिसक्नु पर्नेछ,’ राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई जारी गरेको संसोधित निर्देशिकामा उल्लेख गरेको छ।

केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकको गुनासो सिधै सम्बोधन गर्नेगरि सो पोर्टल सुरु गरेको थियो ।

यसका साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो पाँच भन्दा धेरै शाखा तथा एटिएम भएका वा एटिएम लाउन्ज भएकोमध्ये कम्तिमा एउटा शाखा र एटिएम अपाङ्गमैत्री बनाउनुपर्ने निर्देशन दिएको छ ।

Sajilo Visa

प्रकाशित: ९ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार