टेन्सेन्टले भारतीय स्टार्टअप पकेट एफएममा थप लगानी गर्ने

  • Technology Khabar | ८ भाद्र २०७८, मंगलवार
टेन्सेन्टले भारतीय स्टार्टअप पकेट एफएममा थप लगानी गर्ने

काठमाडौं ।

टेन्सेन्टले भारतको गुडगाँवमा मुख्यालय रहेको पकेट एफएममा एक लगानी राउन्ड नेतृत्व गर्नको लागी वार्ताको एडभान्स चरणमा रहेको छ। चिनियाँ जायन्टले भारतीय बजारमा आफ्नो उपभोक्ता इन्टरनेट पोर्टफोलियोलाई व्यापक बनाउनको लागी नवीनतम प्रयास गरिरहरेको छ।

चिनियाँ फर्म, जो पहिले नै पकेट एफएममा एक लगानीकर्ता हो । पकेट एफएममा-२०-२५ मिलियन डलर राउन्डको नेतृत्व गर्न कुराकानी गरीरहेको छ, यस बिषयको जानकारी भएका तीन जनालाई उदृत गर्दै टेकक्रन्चले जनाएको छ।

प्रस्तावित अवधिमा तीन बर्ष पुरानो स्टार्टअपको मूल्य ७ करोड ५० लाखदेखि १० करोड डलरको बीचमा हुने बताईएको छ।

विद्यमान लगानीकर्ता टाइम्स इन्टरनेटको ब्रान्ड क्यापिटल र लाइटस्पीडले पनि राउन्डमा भाग लिइरहेका छन्। लगानी राउन्ड बन्द भएको छैन, त्यसैले सर्तहरु परिवर्तन हुन सक्छ।

पकेट एफएम एक ‘एपोनोमस’ एप हो जसले प्रयोगकर्ताहरुलाई अंग्रेजी र धेरै भारतीय भाषाहरुमा पोडकास्ट र अडियोबुक प्रदान गर्दछ । यसको वेबसाइट मा उल्लेख भएअनुसार यसको सूची १०,००० घण्टा भन्दा बढी छ। स्टार्टअपले अडियोबुकहरु उत्पादन गर्न धेरै रचनाकारहरुसंग काम गर्दछ ।

यो एप फ्रिमियम मोडेलमा सञ्चालन हुँदै आएको छ। जसमा शुल्क तिरेर लिने  सेवाका साथै विज्ञापनसहितको निशुल्क सेवा पनि उपलब्ध छ।

प्रकाशित: ८ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार