
काठमाडौं ।
नासाको मार्स रोभर पर्सिभेरन्स आउँदो सातामा हुने अर्को प्रयासको लागी तयार हुँदैछ, जसमा मार्टियन चट्टानहरुलाई छेड्ने काम हुनेछ।
यसअघि यस महिनाको शुरुमा पहिलो प्रयासको रूपमा नासाका ईन्जिनियरहरुले अपेक्षा गरे अनुरूप काम गरेन्। रोभरको नमूना संकलन गर्ने हातले काम गर्यो, तर नमूना राख्ने ट्यूब खाली भएको इन्जिनियरहरुले बताए।
गत फेब्रुअरीमा मंगल ग्रहमा पुगेको पाँग्राहरुमा रहेको एक विज्ञान प्रयोगशाला रोभरले आफ्नो पहिलो चट्टान नमूना उठाउनको लागी दोस्रो प्रयास गर्नेछ। यसको लागी सो रोभर सिटाडेल भनिने नयाँ स्थानतर्फ जाने छ र नमूना संकलन गर्नेछ ।
यस पटक नमूना वास्तवमा संकलन गरिएको छ भन्ने सुनिश्चित गर्नको लागी सो ट्यूब फिर्ता आउनु भन्दा पहिले यसको प्रशोधन हुनु र रोभरको पेट भित्र राखिनु अगाडी नै ईन्जिनियरहरुले नमूना ट्यूबको तस्वीरहरुको कुर्नेछन्।
नासाको पर्सिभेरन्स टोलीमा स्याम्पलिङ्ग एण्ड क्याचिङ्गको लागी मुख्य ईन्जिनियर लुइस जण्डुराले अगस्ट ५ मा भएको पहिलो प्रयासको बारे बोल्दै सबै काम सहिरुपमा भएको र त्यसमा कुनै गल्ति नभएको बताए । तर कुनै नमूना संकलन नभएपछि अनुसन्धान शुरु गरिएको थियो ।
पर्सिभेरन्सको नमूना ड्रिल बिटले खनेको चट्टान त्यति बलियो थिएन जति वैज्ञानिकहरुले सोचेका थिए।
जसलाई ससक्त ढुङ्गा भनेर मानिएको थियो त्यो ड्रिल गर्दा टुक्रा टुक्रा पाउडर भएर रोभरको नमूना ट्यूबबाट बाहिर खसेको थियो। नमूना ट्यूब खाली भएको पत्ता लगाए पछि, मिशन स्टाफले रोभरको क्यामरा प्रयोग गरी प्वालको अवशेष को विश्लेषण गर्दा उनीहरुले प्वालको चारैतिर धुलोको ढिस्को बनेको पत्ता लगाए र प्वालको फेदमा केहि सामग्री चिप्लिएर झरेको जस्तो थियो।
पर्सिभेरन्समा भएको ड्रिल सिस्टमले पृथ्वीमा यस्तो १०० कोरको यस्तो ढुंगा प्वाल पार्ने परीक्षण गरिएको थियो तर पनि रातो ग्रहको ढुङ्गा यहाँको भन्दा फरक भेटियो ।

पर्सिभेरन्सले अनुसन्धानको लागि करिब ३५ वटा ट्यूबमा भरिनेगरि मंगल ग्रहमा चट्टानहरुमा प्वाल पार्नेछ र नमूनाहरु संकलन गर्नेछ। जसलाई सन् २०३० को अवधिमा पृथ्वीमा ल्याएर अनुसन्धान गरिनेछ ।
पर्सिभेरन्सले भविष्यको नासा रोबोटको लागि मंगल ग्रहको सतहमा ती ट्युबहरु कतै छोड्नेछ, जहाँ युरोपेली अन्तरिक्ष एजेन्सीले बनाएको अर्को अन्तरिक्ष यानले त्यसलाई संकलन गरेर आफ्नो यात्रामा ल्याउनेछ।
प्रकाशित: ८ भाद्र २०७८, मंगलवार