केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर बजारमा

  • Technology Khabar | ८ भाद्र २०७८, मंगलवार
केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर बजारमा

काठमाडौं ।

केन्ट उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर बजारमा ल्याएको छ।

नयाँ वाटर प्युरिफायरको मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ। नेपाल भरिका सबै प्रमुख आउटलेटहरूमा यो प्युरिफायर उपलब्ध भएको कम्पनीले बताएको छ।

यस प्युरिफायरले आर.ओ. + यू. भी. + यु. एफ. + टी.डी.एस. नियन्त्रणको बहु शुद्धिकरण प्रक्रिया प्रयोग गर्दछ र यू. भी. डिस्फेसन टेक्नोलोजीले शुद्ध पानीलाई भण्डारण ट्याङ्कीमा लामो समयसम्म शुद्ध राख्ने बताईएको छ।

प्रिमियम र एक्स्ट्रा सुविधाहरू भएकाले सतप्रतिशत शुद्ध र अल्कलाइन पानी पिउने सुविधा यस प्युरिफायरले दिने कम्पनीको दावी छ।

यस प्युरिफायरमा कम्प्युटरले नियन्त्रण गरिएको फिल्टर परिवर्तन अलार्म हुन्छ, जसले फिल्टर प्रतिस्थापन गर्ने समय सचेत गराउनुका साथै सुरक्षा र सुविधा सुनिश्चित गर्दछ।

केन्ट सुप्रिम एक्स्ट्रा पूर्ण रूपले स्वचालित हुन्छ। जुन भण्डारण ट्यांकी भरिएपछि बन्द हुन्छ र भण्डारण ट्यांकीमा पानी अधिकतम तहभन्दा तल आएपछि शुद्धिकरण प्रक्रिया सुरु हुन्छ।

यो पानी प्युरीफायर एक वर्षको सेवा वारेन्टीसहित उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ८ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...