शाओमीले आगामी सेप्टेम्बर १५ मा नयाँ उत्पादन सार्वजनिक गर्ने

  • Technology Khabar | ८ भाद्र २०७८, मंगलवार
शाओमीले आगामी सेप्टेम्बर १५ मा नयाँ उत्पादन सार्वजनिक गर्ने

काठमाडौं ।

शाओमीले आगामी सेप्टेम्बर १५ तारिखमा नयाँ उत्पादन सार्वजनिक गर्ने मिति तय गरेको घोषणा गरेको छ। तर उक्त इभेन्टमा कुन कुन र कस्ता सेगमेन्टका उत्पादन सार्वजनिक हुनेछन् भन्ने केही जानकारी दिइएको छैन।

यो कार्यक्रम लगभग १ घण्टा वा त्यो भन्दा केही बढी समयसम्म हुने बुझिएको छ।

उक्त दिन १२ बजे कार्यक्रम यूट्युब,  ट्विटर तथा फेसबुकमा लाइभस्ट्रिम गरिने बताइएको छ। शाओमीले उक्त दिन आफ्नो पोर्टफोलियोमा रहेको ‘सबैभन्दा उत्साहजनक नयाँ उत्पादन’ सार्वजनिक गर्ने बुझिएकाले केही विशेष अपेक्षा गर्न सकिन्छ।

मिक्स ४ फ्ल्यागशिप र प्याड ५ पहिले नै आधिकारिक भइसकेका छन्, त्यसैले अबको इभेन्टमा आउन सक्ने एमआई ११टी सिरिज हुन सक्ने आकलन गरिएको छ।

प्रकाशित: ८ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार