इथियोपियाले फेसबुक लगायतका सामाजिक सञ्जालको प्रतिस्पर्धाका लागि आफ्नै प्लेटफर्म निर्माण गर्ने

  • Technology Khabar | ७ भाद्र २०७८, सोमबार
इथियोपियाले फेसबुक लगायतका सामाजिक सञ्जालको प्रतिस्पर्धाका लागि आफ्नै प्लेटफर्म निर्माण गर्ने

काठमाडौं ।

अफ्रिकी मुलुक इथियोपियाले फेसबुक, ट्विटर तथा ह्वाट्सएपको प्रतिस्पर्धाका लागि आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म निर्माण गर्ने भएको छ।

यसो गरेता पनि यी एपका विश्वव्यापी सेवा भने नरोकिने राज्यको सञ्चार सुरक्षा नियोगले सोमबार बताएको छ।

इथियोपिया गत वर्षदेखि राज्यको उत्तरी क्षेत्रमा प्रभुत्व फैलाइरहेको टिग्रे पिपल्स लिबरेशन फ्रन्टको विरुद्ध सशस्त्र द्वन्द्वमा होमिएको छ। राज्य  विद्रोही दुवै पक्षका समर्थकहरुले हाल सामाजिक सञ्जालमा एक अर्कालाई लक्षित गरेर आरोप प्रत्यारोपमा उत्रिरहेका छन्।

सरकारले आफ्नो स्थानीय प्लेटफर्म बनाएर फेसबुक, ट्विटर ह्वाट्सएप, जूम लगायतका सामाजिक सञ्जाललाई प्रतिस्थापन गर्न खोजेको इन्फर्मेशन नेटवर्क सेक्युरिटी एजेन्सी इन्साका महानिर्देशक शुमेते गिजावले बताए।

उनले इथियोपियाका बारेमा सम्प्रेषण गरिएका पोस्ट तथा ती शेयर गर्ने यूजरका एकाउन्ट डिलिट गरेको आरोप पनि लगाए।

यसबारेमा अन्तरराष्ट्रिय मानव अधिकार संस्थाहरुले भने सामाजिक सञ्जाल तथा सेवाहरु विनकारण बन्द गरेको भन्दै इथियोपियाली सरकाको आलोचना गर्दै आएका छन्।

फेसबुक अफ्रिकाका प्रवक्ता केजिया अनिम एड्डोले इथियोपियाको योजनाका बारेमा कुनै प्रतिक्रिया दिन मानेन भने शुमेतेको आरोपका बारेमा गरिएको प्रश्नमा पनि कुनै प्रत्युत्तर दिएका छैनन्।

यस बारेमा ट्विटरले कुनै प्रतिक्रिया दिन मानेन भने जूमले पनि तत्काल कुने उत्तर दिएको छैन।

प्रकाशित: ७ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार