
काठमाडौं ।
जर्मन अटो कम्पनी फक्सवागनले भीडब्लू आईडी.४ विद्युतीय एसयूभीको प्रि प्रडक्शन आफ्नो टेनेजीस्थित चिट्टानूगा फ्याक्ट्रीमा शुरु गर्ने भएको छ।
भीडब्लू आईडी.४ विद्युतीय एसयूभी यसअघि नै अमेरिकी बजारमा उपलब्ध भइसकेको छ तर यसको निश्चित सङ्ख्यामा डेलिभरी भने जर्मनीबाट दिइने भएको छ।
यो विद्युतीय एसयूभी अमेरिकाको चट्टानूगा फ्याक्ट्रीबाट बृहत् उत्पादन शुरु भएपछि अझ सहज रुपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
फक्सवागन अब भने यो विद्युतीय एसयूभी उत्पादनको नजिक पुगेको बताइएको छ।
फक्सवागन ग्रुप अफ अमेरिकाका अध्यक्ष तथा सीईओ स्कट केओगले हालै यसको पहिलो प्रि प्रडक्शन यूनिटहरु तयार रहेको प्रस्ट पारेका छन्। उनले लिंक्डइनमा एउटा फोटो पोस्ट गरेका छन्।
उक्त पोस्टमा केओगले लेखेका छन्, ‘यो क्षण मैले पछिल्लो पटक टेनेजीमा रहेको चट्टानूगा एसेम्ब्ली प्लान्ट भ्रमणका बेला आयो। त्यतिखेर म उक्त प्लान्टमा हाम्रो विद्युतीय सवारी विस्तारका क्रममा गएको थिएँ। मैले त्यहाँ भीडब्लू आईडी.४ को प्रि प्रडक्शन भर्सन थोमस डु प्लेसि लाइन बाट आउँदै गरेको देखेँ। यसैलाई हेरेर हामीले यसको बन्ने प्रक्रिया तथा अवयवहरुको मूल्यांकन गर्न मिल्दैन। यसले यो क्षेत्रमा ईभी एसेम्ब्लीका लागि हाम्रो ८० करोड डलरको लगानीलाई प्रतिनिधित्व गर्छ भन्ने कुरा महत्वपूर्ण हो।’
प्रकाशित: ७ भाद्र २०७८, सोमबार