
काठमाडौं ।
एक क्रान्तिकारी नयाँ स्मार्टफोन बनाउने भनेर लगानीकर्ताहरुसँग रकम उठाएका अमेरिकाको उताह राज्यका एक व्यक्तिलाई धोखाधडीको आरोप लगाईएको छ।
धेरै बर्षसम्म पनि स्मार्टफोन उत्पादन गर्न असफल भएका व्यक्तिलाई उताहमा अमेरिकी न्यायाधिवक्ताको कार्यालयले सेक्यूरिटी धोखाधडीको आरोप लगाउँदै मुद्धा दायर गरिएको द भर्जले उल्लेख गरेको छ।
न्याय विभागका अनुसार चाड लियोन सायर्सले लगभग ३०० लगानीकर्ताहरुलाई सेगसमा १ करोड डलर लगानी गर्न आग्रह गरेका थिए जसले, “आसन्न बिलियन डलर सफलता” को प्रतिज्ञा गरेका थिए ।
प्रतिज्ञा गरिएको स्मार्टफोन बनाउनको लागी उसले उठाएको कोषको उपयोग गर्नुको सट्टा, सो रकमबाट उसले व्यक्तिगत खर्च र ऋण तिरेको थिए ।
यसका साथै नयाँ लगानीकर्ताहरुबाट उठाएको कोषबाट पुराना लगानीकर्ताहरुलाई तिरेको छ, जसलाई उताहमा अमेरिकी वकील कार्यालयले पोन्जीलाइक (Ponzi-like) भनिन्छ।
सायर्सले कथित रूपमा उठाएको पैसा २१ लाख ७० हजार डलर अफिस भाडामा, लगभग ८ लाख डलर अन्य मुद्दाहरु मिलाउनको लागी, ५ लाख डलर कानूनी शुल्क मा, १,४५,००० किनमेल, मनोरन्जन, र व्यक्तिगत हेरचाहमा, र करीव ३०,००० डलर आफ्नो व्यक्तिगत क्रेडिट कार्डमा खर्च गरेका थिए ।
सायर्सले सन् २००६ देखि कोष माग्ने शुरू गरे, र ईमेल, सामाजिक सञ्जाल ट्विटर, र लगानीकर्ता न्यूजलेटरको उपयोग गरी मानिसहरुलाई फोनमा लगानी गर्न र फोनको प्रक्षेपणको बारेमा “अपडेट” प्रदान गर्न को लागी राजी गराएका थिए।
सन् २००९ मा कन्जुमर इलेक्ट्रोनिक्स शोमा आफ्नो पहिलो स्मार्टफोन सेगस भी२ प्रदर्शन गरेको थियो । तर सो फोनले अनुमति पाउन सकेको थिएन र सो फोन बजारमा नै आएन् ।
सम्बन्धित समाचार हेर्नुस्-
प्रकाशित: ७ भाद्र २०७८, सोमबार