इन्टेललाई उछिन्दै सामसङ विश्वमा सर्वाधिक सेमिकन्डक्टर आपूर्तिकर्ताको शीर्ष स्थानमा

  • Technology Khabar | ७ भाद्र २०७८, सोमबार

काठमाडौं ।

विश्लेषण कम्पनी आईसी इन्साइटका अनुसार सन् २०२१ को दोस्रो त्रैमासमा सामसङ सेमिकन्डक्टर उत्पादनको आपूर्ति गर्नेमा शीर्षस्थानमा पुगेको छ। सूचकूकमा १० प्रतिशतले उकालो लाग्दै र यसै क्याटेगोरीको इन्टेललाई उछिन्दै सामसङ शीर्षस्थानमा पुगेको हो।

कोरियाली चिप निर्माता सामसङले एक त्रैमासमा १०औ प्रतिशतको वृद्धिले मात्र नभइ इन्टेलकै फितलो प्रदर्शनका कारण पनि उसलाई उछिनेको हो। यसबाहेका उत्कृष्ट पाँचका अन्य कम्पनीमा कुनै फेरबदल भएको छैन। तेस्रो नम्बरमा ताइवानको टीएसएमसी, चोथोमा एसके हाइनिक्स तथा पाँचोमा माइक्रोन रहेका छन्।

यीमध्ये एसके हाइनिक्स र माइक्रोनले पनि दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेका थिए तर यसले उनीहरुको स्थान नै फरक पार्न भने सकेन।

सामसङको यो जितको मुख्य कारक बढ्दो र्याम र फ्ल्याश मेमोरीका कारण बढेको १९ प्रतिशत व्यापार हो जुन सेगमेन्टमा यसअघि यो कम्पनीको प्रदर्शनी ज्यादै न्यून हुन्थ्यो। विश्लेषकहरुका प्रक्षेपण अनुसार तेस्रो त्रैमासमा मेमोरी मोड्युलको माग अरु १० प्रतिशतले बढ्ने भएकाले सामसङको आम्दानीमा अरु बढोत्तरी हुनेछ।

विश्लेषकहरुले तेस्रो त्रैमासमा इन्टेलको बिक्री अझ ३ प्रतिशतले घट्ने भएकाले उसले कतिन्जेल आफूलाई टिकाउन सक्छ भन्ने यकिन छैन। यसबाहेक दुई दिन अघि कम्पनीले नयाँ चिप आर्किटेक्चर घोषणा गरेकोले उक्त प्रविधिमा मानिसहरुको आकर्षण बढेको खण्डमा आईसी इन्साइट्सको प्रक्षेपण गलत पनि हुन सक्नेछ।

प्रकाशित: ७ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार