सोनीले मोबाइल डिभिजनलाई अब सोनी युरोपमा सार्दै, प्रयोगकर्ताहरुलाई जानकारी दिँदै

  • Technology Khabar | ६ भाद्र २०७८, आईतवार
सोनीले मोबाइल डिभिजनलाई अब सोनी युरोपमा सार्दै, प्रयोगकर्ताहरुलाई जानकारी दिँदै

काठमाडौं ।

जापानी इलेक्ट्रोनिक्स जायन्ट सोनीले आफ्नो मोबाइल डिभिजनलाई अब सोनी युरोपमा सार्ने भएको छ।

कम्पनीले यस बारेमा आफ्ना प्रयोगकर्ताहरुलाई ईमेल पठाउँदै सोनी मोबाइल अर्थात सोनी मोबाइल कम्युनिकेसन्स एबीको व्यवसायलाई अब सोनी यूरोप बिभीमा सार्ने जानकारी दिएको छ।

कम्पनीकाअनुसार सोनी यूरोप बिभी सोनी ग्रुप अन्तरगतकै अर्को कम्पनी हो ।

सोनी मोबाइलले आफ्नो ग्राहक डाटाबेस बन्द गर्न लागेको भन्दै त्यस बारेमा नयाँ प्रकृया शुरु गर्न र ग्राहकहरुलाई भनेको छ।

ग्राहकहरुले नयाँ एकाउन्टमा परिवर्तन गरेसँगै कम्पनीका नयाँ जानकारीहरु प्राप्त गर्ने र अफरहरु हेर्न सकिने बताएको छ।

तर ग्राहकहरुले सो सेवा बन्द गर्न चाहेको खण्डमा भने अनसब्सक्राइब गर्न सकिनेछ।

प्रकाशित: ६ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार