कोभिड-१९ का कारण पिक्सेल ६ र ६ प्रो को उत्पादन चीनमा हुने

  • Technology Khabar | ६ भाद्र २०७८, आईतवार
कोभिड-१९ का कारण पिक्सेल ६ र ६ प्रो को उत्पादन चीनमा हुने
गुगल पिक्सेल फोन

काठमाडौं ।

गत वर्ष चीनबाट उत्तरी भियतनाममा सारिएको गुगल स्मार्टफोनको उत्पादन कोभिड-१९ को नियम तथा प्रतिबन्धका कारण फेरि चीनमै हुने भएको छ।

निक्केइको एक रिपोर्ट अनुसार एसिया क्षेत्रका सरकारहरुले हाल चलिरहेको कोभिड-१९ महामारीका कारण आफ्ना सीमाक्षेत्रमा कडाइ गरेका कारण गुगलले आफ्नो उत्पादन पुन: चीनमा गर्नुपर्ने भएको हो।

रिपोर्टले पिक्सेल ५ भियतनाममै उत्पादन हुनुपर्ने तर यात्रा प्रतिबन्ध तथा भियतनाममा सीमित इन्जिनियरिङ स्रोतका कारण यो योजना कार्यान्वयन हुन नसकेको जनाएको छ।

त्यसैले आउँदै गरेको पिक्सेल ६ तथा ६ प्रो चीनको शेन्जेनमा रहेको प्लान्टमा उत्पादन हुनेछ।

प्रकाशित: ६ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया