कल अफ ड्युटी भ्यानगार्ड सिरिजको औपचारिक घोषणा, नोभेम्बरमा सार्वजनिक हुने

  • Technology Khabar | ६ भाद्र २०७८, आईतवार
कल अफ ड्युटी भ्यानगार्ड सिरिजको औपचारिक घोषणा, नोभेम्बरमा सार्वजनिक हुने

काठमाडौं ।

गेमिङ कम्पनी एक्टिभिजनले कल अफ ड्यूटी भ्यानगार्ड गेम सिरिजको आधिकारिक घोषणा गरेको छ। गेम डेभलपरले हालै ट्विटरमा एउटा टीजर भिडियो जसमा चार फरक फरक ठाउँका फोटो समावेश गरिएको छ।

भ्यानगार्ड सिरिज हालका लागि प्ले स्टेशन, एक्सबक्स तथा पर्सनल कम्प्युटरका लागि प्रि-अर्डर पनि गर्न सकिने सुविधा दिइएको छ।

यो गेम आगामी नोभेम्बर ५ तारिखमा सार्वजनिक हुने कम्पनीको ट्वीटमा उल्लेख छ।

https://twitter.com/CallofDuty/status/1428413597873582084

सबैभन्दा धेरै म्याप भएको गेम

कल अफ ड्युटी २० ओटा मल्टिप्लेयर म्यापसहित सार्वजनिक हुनेछ जसमा १६ ओटा कोर म्याप तथा बाँकी ४ ओटा च्याम्पियन हिल म्याप समाविष्ट छन्। कल अफ ड्युटीको ट्विटर एकाउन्टका अनुसार, कल अफ ड्युटी सिरिजको अहिलेसम्मकै सबैभन्दा धेरै म्याप भएको गेम हो।

अल्टिमेट भर्सनको मूल्य ९९.९९ डलर

नयाँ टाइटलकफ प्रि-अर्डरपटछि यसभन्दा अघि प्ले स्टेशन कन्सोलमा पाइने ओपन बिटाको एक्सेस प्राप्त हुन्छ। डिजिटल प्रि-अर्डरबाट ब्ल्याक अप्स कोल्ड वार तथा अन्य वारजोनमा नाइट रेड मास्टरक्राफ्टको एक्सेस प्राप्त हुन्छ।

यो सिरिज प्रि-अर्डर गर्न चाहनेका लागि तीन ओटा भर्सनको विकल्प उपलब्ध रहेको बताइएको छ।

यीमध्ये पहिलो स्ट्यान्डर्ड भर्सनको मूल्य ५९.९९ डलर, दोस्रो क्रस-जेन बन्डलको ६९.९९ डलर तथा अल्टिमेट भर्सनको मूल्य ९९.९९ तोकिएको छ।

प्रकाशित: ६ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...